• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तपाईंको बच्चालाई टन्सिल भइरहन्छ ? होस् गर्नुहोस् मुटु बिग्रेला

  • वीरगंज संजाल
  • १३ आश्विन २०७८, बुधबार १७:२५
  • ४४८९

    वीरगन्ज | नेपालका धेरै बच्चा घाँटी दुख्ने, थुक निल्न गाह्रो हुने र ज्वरो आउने बिरामी हुन्छन् । यस्ता बिरामीलाई धेरैजसो नुन पानीले कुल्ला गर्न लगाउने गरिन्छ र कतिपय अवस्थामा केही समयका लागि त्यो उपचार विधिले काम पनि गर्छ । तर केही समयमै सो समस्या फेरि आउन थाल्यो भने त्यस्ता बिरामीलाई समयमै एन्टिबायोटिक दिएर उपचार गराइएन भने उसको मुटुको बाथ हुन्छ र अन्ततः ज्यानै जाने अवस्था हुनजान्छ । कतिपय बच्चालाई टन्सिल भएपछि विस्तारै हात, खुट्टाका जोर्नी पनि दुख्न थाल्छन् । नेपालका धेरै बाबुआमाले जोर्नी दुखेका बच्चालाई सिटामोल खुवाउने र दुख्न कम गर्ने औषधि खुवाएर राख्छन् । तर, यो अवस्थासम्म आइपुग्नु भनेको मुटुको बाथ हुनु हो र समयमै औषधि नपाएको अवस्थामा तिनको मुटुको भल्भ फेर्नुपर्ने अवस्था हुन्छ । कतिपय त मुटुको भल्भ फेरेर पनि बाँच्न पाउँदैनन् ।

    मुटुरोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मीले मुटुको जाँच गरेको तीन दशक बढी भैसकेको छ । उनले यसबीच धेरै बच्चाहरूलाई मुटुको बाथको रोग लागेको उपचार गरेका छन् भने कतिपय बच्चाहरूलाई आमा बाबुले अन्तिम संस्कार गरेको पनि हेर्न विवश भएका छन् । तीन दशकसम्म मुटुको बाथ रोगको उपचार मात्र हैन जन–चेतना जगाउने काम गरेका रेग्मीलाई लागेको थियो नेपालमा अब विस्तारै मुटुको वाथ रोगबाट धेरै बच्चाको ज्यान जाँदैन, अब बच्चाहरूले समयमै उपचार पाउँछन् । तर, त्यो कुरा गलत साबित भयो जब उनी मुटुका डाक्टरहरूको टोली सहित जाजरकोटको खलङ्गामा एक हेल्थ क्याम्पमा सम्मिलित भए । उनीहरूले काठमाडौंमा प्रति दश हजार बाल–बालिकाको मुटु जाँच गर्दा १३ जनालाई मुटुको वाथको रोग भएको पाएका थिए तर जाजरकोटमा त्यतिनै बच्चामा जाँच गर्दा ७३ जनालाई मुटुको बाथको रोग देखिएर उनीहरू आत्तिए ।

    मुटुको बाथ भएका बिरामीको भल्भ फेर्नुपर्ने अवस्थामा सरकारले रु. तीनलाख सहयोग गर्छ । तर, जाजरकोट जस्तो दुर्गम र चेतनास्तर न्यून भएको स्थानमा तीनलाख दिने भनेर मात्र सरकारको जिम्मेवारी पुरा हुँदैन । बच्चामा टन्सिल देखियो भने त्यसको उपचार राम्रोसँग गर्नुपर्छ भन्ने चेतना पुग्ने हो भने यति धेरै बच्चामा मुटुको वाथ रोग देखिदैन थियो । तीन लाख मात्र दिएर सरकारले जिम्मेवारी पुरा गरें भनेर बस्नुको परिणती थियो शायद, यति धेरै बच्चामा मुटुको बाथको रोग देखिनु । जाजरकोटको अनुभवले आत्तिएका डा. रेग्मीले यस विषयमा पुस्तकनै प्रकाशित गर्ने सोच बनाए । उनले बाथ मुटुरोगको रोकथामका संघर्षको अनुभूति संगालेर पुस्तक प्रकाशित गरे जसको नाम राखे, ‘टन्सिलले बिगारेको मुटु’ । नेपाल हार्ट फाउण्डेशनले यो पुस्तक प्रकाशित गर्‍यो । यो पुस्तकले केवल मुटुको बाथ रोगबाट बाल–बालिकालाई बचाउने चेतना जगाउन महत्वपूर्ण कार्य गरेको छ । तर किताब त्यतिमै सिमित छैन । नेपालमा मुटुरोग उपचारको विगतका अवस्था कस्ता थिए र अहिलेको सिमितता के छन् भन्ने अवस्था चित्रण पनि यो पुस्तकले सशक्त ढंगले गरेको छ । गरिबी, अशिक्षा र अज्ञानताको पराकाष्ठा भएको हाम्रो जस्तो देशमा आफ्ना छोरा छोरीको उपचार गराउन नसकेर कसरी बाबु आमाले तिनको मृत्यु कुर्नु पर्ने अवस्था रहेको छ भन्ने सत्य घटनाको सचित्र वर्णन डा. प्रकाशराज रेग्मीले यो पुस्तकमा सशक्त ढंगले गरेका छन् ।

    अलि पहिला भारतबाट चिकित्सकहरू आएर कसरी बिरामीलाई उता उपचारको नाममा बोलाएर ठग्थे भन्ने घटना पनि प्रमाण सहित उनले पुस्तकमा समाहित गरेका छन् । यो रोगका विषयमा सरकारी नीति तथा कार्यक्रम कस्ता छन् ? कति प्रभावकारी छन् ? र अब के गरिनु पर्छ भन्ने स्पष्ट धारणा पेस गर्न लेखक अलिकति पनि हच्किएका छैनन् । साथै यो रोगसँग लड्नका लागि कुन कुन संस्थाले के काम गरेका छन्, रोगसँग संघर्ष गर्नेहरूको लडाईंको विवरण सहित रोग विरुद्ध लड्ने योद्धा पनि उनको यो पुस्तकमा समाहित छन् । यो पुस्तकका लेखक डा. रेग्मी आफै कस्ता व्यक्ति हुन्, कुन पृष्ठभूमिबाट आए, कसरी अध्ययन गरे भन्ने विस्तृत विवरण पनि पुस्तकको अन्त्यतिर समाहित गरिएको छ । अर्को शब्दमा भन्दा यो पुस्तक बच्चा बच्चीको मुटुको बाथको रोग सहित डा. रेग्मीको संघर्ष र उनको जिवनी पनि समाहित छ । ‘टन्सिलले बिगारेको मुटु’ सबै साना बच्चाका बाबु आमालाई सावधान हुन लगाउने र नेपाली स्वास्थ्य क्षेत्रको अवस्थाको चित्रण गर्ने उपयोगी पुस्तक बन्न पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑