वीरगन्ज | नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल विरामी परेका छन् । नेपाललाई रुघा खोकी, ज्वरो आउने र शरीर दुख्ने समस्य देखिएको छ । युवा संघका उपमहासचिव एवं प्रवक्ता सञ्जिप राईका अनुसार नेता नेपाललाई कोरोनाको जस्तै लक्षण देखिए पनि पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।
नेपाल घरमै आराम गरिरहेका छन् । नेपालको स्वास्थ्यमा समस्या देखिएपछि पार्टी र गठबन्धनका काम पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायतका नेताहरुले ब्यवस्थापन गरिरहेका छन्।
नेपालको स्वास्थ्यमा समस्या देखिएसंगै पार्टीका बिभिन्न कार्यक्रमहरु स्थगित गरिएको छ । नेपालसंगै उनकी पत्नी गायत्रीलाई पनि उस्तै लक्षण देखिएको नेपालको सचिवालयले जनाएको छ।