• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मुख्य समाचार

    एनआरएनए पोर्चुगलमा दुई समूहबीच कुटाकुट

  • वीरगंज संजाल
  • ११ आश्विन २०७८, सोमबार ०७:०७
  • २८०९

    वीरगञ्ज । एनआरएनए पोर्चुगलमा दुई समूहबीच कुटाकुट भएको छ । शनिबार लिस्वनको अलमेदा पार्कमा भेला भएका युवाहरूबीच कुटाकुट भएको हो । प्रत्यक्षदर्शीका अनुसार कुटपिटका क्रममा दुई नेपाली घाइते भएका छन्।

    सामाजिक संजालमा लिस्वनको पार्कमा नेपालीहरूबीच मुक्का हानाहान गरेको भिडियो समेत बाहिरिएको छ। एनआरएनए पोर्चुगलमा एउटा समूहले चुनाव जितेर आएको भन्दै आधाकारिक भएको दाबी गर्दै आएको छ भने अर्को समूहले चुनाव धाँधली भएकाले आफूहरूले वहिष्कार गरेको भन्दै समानान्तर समिति खडा गरेको छ।

    एनआरएनए पोर्चुगलका दुई समानान्तर समितिले झडपपछि पनि एकअर्कालाई आरोप प्रत्यारोप गर्दै विज्ञप्ति जारी गर्दै कुटपिट घटनाको पुष्टिसमेत गरेका छन्।

    नेपाल पत्रकार महासंघ पोर्चुगल शाखाका अध्यक्ष योगेन्द्र मिलन छन्त्यालले स्थानीय प्रहरी समयमा नै पुगेकाले थप अप्रिय घटना हुनबाट जोगिएको बताए। उनले भने, ‘घटनास्थलमा दुई भ्यान प्रहरी आएपछि हातपातमा संलग्न युवाहरू तितरवितर भएको पाइन्छ । एनआरएनका दुई पक्षका साथीहरूले नै प्रष्ट भन्नुहुन्छ प्रहरी नआएको भए त्यहाँ ठूलो दुर्घटना हुनसक्थ्यो।’

    पोर्चुगलमा एनआरएन विवाद सल्टाउनुको सट्टा झन्झन् उग्र र जटिल बन्दै गएको पत्रकार छन्त्यालले बताए। ‘सुरुमा सकारात्मक पहल नै हुन खोजेको थियो। रवीन्द्र अधिकारी र सोम शेर्पा दुवैजना छलफलका लागि त्यहाँ पुगेको बुझिन्छ तर दुवै पक्षका युवाहरू संयमित हुन नसक्दा मुखले चुनौती दिदादिदै हातपात भएको देखिन्छ,’ उनले घटनाबारे अनलाइनखबरलाई सुनाए।

    विज्ञप्ति जारी गर्दै एक-अर्कालाई गुण्डागर्दीको आरोप

    घटनापछि दुवै पक्षले एक-अर्कालाई गुण्डागर्दीको आरोप लगाएका छन्। दुवै पक्षले एनआरएनए पोर्चुगलको लोगो प्रयोग भएको लेटरप्याडमा नै विज्ञप्ति लेखेका छन्।

    रवीन्द्र अधिकारी अध्यक्ष रहेको समूहले विज्ञप्ति जारी गर्दै सोम शेर्पा र उनका साथमा आएका मानिसहरूले योजनावद्व रुपमा गुण्डागर्दी नियतले आक्रमण गरेको आरोप लगाएको छ। ‘छलफल सुरु हुनासाथ अध्यक्ष रवीन्द्र अधिकारी र साथीहरूमाथि हातपात गर्दै भौतिक रुपमा आक्रमण र गुण्डागर्दी गरिएको अपराधजन्य काम र क्रियाकलाप
    को एनआएनए पोर्चुगल घोर भत्सर्ना गर्दछ,’ अधिकारी समूहको विज्ञप्तिमा लेखिएको छ।

    विज्ञप्तिमार्फत आगामी २७ सेप्टेम्बर सोमबारदेखि एनआरएनए पोर्चुगलको कार्यलय खोलि नियमति रुपमा संचालनमा ल्याउने सूचना समेत जारी गरिएको छ।

    यता सोमफुरी शेर्पा अध्यक्ष रहेको एनआरएनए पोर्चुगलको अर्को समूहले पनि विज्ञप्ति जारी गदै रवीन्द्र अधिकारी समूहले गुण्डागर्दी गरेको आरोप लगाएको छ। ‘गत निर्वाचनमा विधि प्रक्रिया र पद्वतिच्युत भएर स्वघोषित रुपमा निर्वाचित घोषणा गरिएका तथाकथित अध्यक्ष रविन अधिकारीले गुण्डागर्दी शैलीका व्यक्तिहरूलाई उक्साएर साथमा ल्याई भौतिक आक्रमणको प्रयास गरिएको प्रति खेद व्यक्त गर्दै भत्सर्ना गर्दछौं,’ शेर्पा समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    एनआरएन केन्द्र मौन

    दुई समानान्तर समितिहरू राजधानीको खुल्ला पार्कमा कुटाकुट गर्दै एनआरएनको बदनाम गरिरहेका बेला एनआरएन केन्द्र भने मौन देखिएको छ। आरोप-प्रत्यारोप हुँदै भौतिक आक्रमण र कुटपिटमा समेत उत्रिँदा पनि केन्द्रले विवाद सल्टाउने तर्फ ध्यान नदिएको पोर्चुगलबासी नेपाली समुदायले गुनासो गरेका छन्।

    एनआरएनए पोर्चुगलका पूर्वअध्यक्ष भीम केसीले एनआरएनए केन्द्रको भूमिका प्रभावकारी नदेखिएकाले पोर्चुगलको विवाद झन् जटिल मोडमा पुग्दै गएको बताए । ‘थप वातावरण नबिगार्न केन्द्रले कुनै न कुनै रुपमा तत्काल भूमिका खेल्नुपर्दछ । एक पक्षलाई स्वीकृत गर्नुपर्छ। तबमात्र अर्को पक्षले लोगो प्रयोग गर्न सक्तैन,’ पूर्व अध्यक्ष केसीले भने।

    उनले चुनावी नतिजालाई भन्दा पनि अहिलेको परिस्थितिमा वार्ता र संवादमार्फत समस्या समाधान गर्न दुवै पक्षले जोड दिनुपर्ने बताए।

    एनआरएनए निर्वाचनको विवाद केन्द्रमा पनि चुलिएको बेला एनआरएनए पोर्चुगलमा पनि दुई समानान्तर समूह गठन भएका छन्। विवाद सिर्जना भइसकेपछि पनि कुन समूह आधिकारिक हो भन्नेबारे केन्द्रले हालसम्म परिपत्र नगरेकोमा पोर्चुगलवासी नेपालीहरू समेत अन्यौलमा रहँदै आएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑