• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोभिडले १९६० को दशकमै फर्कायो नेपालको पर्यटन, पोखरा पुगे ११ देशका राजदूत र कूटनीतिज्ञ

  • वीरगंज संजाल
  • १० आश्विन २०७८, आईतवार १७:४०
  • २६२५

    वीरगन्ज | नेपालको पर्यटन उद्योग सन् १९६० को दशकबाट सुरु भएको हो। पर्यटन मन्त्रालयका अनुसार सन् १९६४ मा जम्मा ९ हजार ५ सय २६ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए। त्यसपछि नेपाल आउने पर्यटकको संख्या बढ्दै गयो। सन् १९९८ मा यो संख्या ४ लाख ६३ हजार ६ सय २४ पुग्यो। नेपालले सन् १९९८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएको थियो। नेपालमा सबैभन्दा बढी पर्यटन चाहिँ सन् २०१८ र २०१९ मा भित्रिए । कोभिड सुरु हुनुअघि सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय १ जना पर्यटकले नेपाल भ्रमण गरे। तर, सन् २०२० मा यो संख्या घटेर २ लाख ३० हजार ८५ मा पुग्यो। सन् २०१९ मा ती पर्यटकले औसत १२.७ दिन र २०२० मा आउनेले १५ दिन नेपालमा बिताए। सन् २०१९ मा भारत २ लाख ५४ हजार १ सय ५०, अमेरिकाका ९३ हजार २ सय ४१ जना तथा ६१ हजार १ सय ४४ जना बेलायतका पर्यटक नेपाल आए। यता, सोही अवधिमा थाइल्याण्डबाट ४१ हजार ६ सय ६०, दक्षिण कोरियाबाट ३१ हजार १ सय ८, श्रीलंकाबाट ५६ हजार ३ सय १६, बंगलादेशबाट २५ हजार ४ सय ८९, मलेसियाबाट ३ हजार ४ सय ६० जना पर्यटक नेपाल भित्रिए। पर्यटन प्रवर्द्धनको लागि पोखरेली अभियान पोखरामा ११ देशका राजदूत र त्यति नै कूटनीतिज्ञहरु भनिन्छ, नेपाल आएकामध्ये आधाभन्दा बढी पर्यटकले पोखरा र अन्नपूर्ण क्षेत्रको भ्रमण गर्छन्। पोखरा र अन्नपूर्ण क्षेत्रको पर्यटनमा मात्रै खर्बौंको लगानी छ। तर, कोभिड–१९ का कारण यी बितेका २ वर्ष पर्यटन व्यवसाय नराम्ररी हल्लियो। केही व्यवसायी पलायन भए, भएकाहरुले पनि जसोतसो व्यवसाय धाने ।

    हालै नेपाल सरकारले खोप लगाएका पर्यटकहरुलाई क्वारेण्टिन बस्नु नपर्ने घोषणा गरेसँगै नेपाल र पोखराको पर्यटनमा आशा पलाएको छ। शरद् ऋतुको लागि खासै बुकिङ नभए पनि सरकारी घोषणाका कारण घुम्न निस्केका पर्यटकहरुले गन्तव्य परिवर्तन गर्दै नेपाल आउने सम्भावना बढेर गएको छ। यस्तैमा पोखराका पर्यटनसँग आबद्ध संघ÷संस्थाको पहल, नेपाल पर्यटन बोर्डको समन्वय एवं गण्डकी प्रदेश सरकारको सहयोगमा पोखराले ‘पोखरा सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्ने जमर्को गरेको छ। यही मेसोमा ४२औँ विश्व पर्यटन दिवस मनाउन पोखरामा ११ देशका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु निम्त्याइएको छ। भ्रमण दलमा जर्मनी, संयुक्त अरब इमिरेट्स, कतार, फिनल्याण्ड,दक्षिण कोरिया, साउदी अरब, श्रीलंका, उत्तर कोरिया, थाइल्याण्ड, बंगलादेश, इजिप्टका राजदूत, संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि, इसिमोडका महानिर्देशक, अन्तर्राष्ट्रिय मुद्राकोषका नेपाल प्रमुख, यूएनएडका कन्ट्री डाइरेक्टर, युनेस्कोका नेपाल प्रतिनिधि, विश्व खाद्य कार्यक्रमका कन्ट्री डाइरेक्टरलाई पोखरा निम्त्याइएको छ। बुद्ध एयरको चार्टर्ड उडानबाट उनीहरु आइतबार पोखरा आएका छन्। उनीहरुको सम्मानमा आइतबार साँझ रात्रिभोज आयोजना गरिएको छ। सोमबार विश्व पर्यटन दिवसका दिन उनीहरुलाई कास्कीको कास्कीकोटमा हाइकिङ गराउने, रेण्टुरेण्ट एण्ड बार एसोसिएसनले आयोजना गरेको मिनी सडक महोत्सव एवं साहसिक पर्यटकीय गतिविधिमा सहभागी गराउने कार्यक्रम तय भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए।

    ‘कूटनीतिक नियोगका प्रमुखहरुको आवागमन र उनीहरु स्वयं पर्यटकीय गतिविधिमा सरिक हुँदा नेपाल र पोखरा पर्यटकको लागि खुल्ला छ भन्नेमात्र नभएर उनीहरुको देशमा नेपालको प्रवर्द्धन पनि हुन्छ’, अध्यक्ष भट्टराईले भने, ‘एकैपटक यति धेरै देशका राजदूत र कूटनीतिज्ञहरुलाई बोलाएर गरिएको कार्यक्रमले यहाँको पर्यटन बौरिनेछ।’नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारीका अनुसार प्रवर्द्धनात्मक गतिविधिअनुसार नै कूटनीतिक क्षेत्रका व्यक्तित्वहरुलाई पोखरा निम्तो गरिएको हो। यो कार्यक्रम पोखराको मात्र नभएर समग्र नेपालको पर्यटन प्रवर्द्धनको लागि कोशेढुंगा हुने बताउँदै उनले भने, ‘कोभिडबाट पीडित व्यवसायीलाई राज्य भएको अनुभूति दिलाउन पनि यो अभियान गरिएको हो।’ यद्यपि,अहिले पोखरा निम्त्याइएका कूटनीतिज्ञहरुमध्ये केही देशबाट मात्रै नेपालमा उल्लेख्य पर्यटक आउने गरेका छन्। पर्यटक बढी आउने भारत, चीन, अमेरिका, बेलायतलगायतका देशका राजदूतहरु भने यो अभियानमा सरिक भएका छैनन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑