• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एमाले प्रदेश २ र सुदुरपश्चिममा विवाद चर्कियोः १० बुँदे सहमतिकै विषयमा चर्काचर्की

  • वीरगंज संजाल
  • १० आश्विन २०७८, आईतवार १३:३२
  • ३३०९

    वीरगन्ज | नेकपा एमालेभित्र प्रदेश २ र सुदुरपश्चिममा विवाद शुरु भएको छ । प्रदेश २ मा स्थायी कमिटी रघुवीर महासेठ र सुदुरपश्चिममा लेखराज भट्टका कारण विवाद शुरु भएको हो । उपाध्यक्ष भीम रावल, झपट रावल, भानुभक्त जोशी लगायतका नेताहरुले १० बुँदे कार्यान्वयन नभएको असन्तुटि व्यक्त गरेका छन् भने र प्रदेश २ मा महासेठले आफ्नो पद जाने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश २ बाट समूह छलफलको निष्कर्ष सुनाउने टोली नेता चयन भएका रामचन्द्र मण्डलले जेठ २ अघिकै संरचनामा फर्कनु पर्ने र त्यसमा नेकपा कालकै निरन्तर हुनुपर्ने जनाएपछि महासेठले असहमति जनाएका थिए । स्थायी कमिटी सदस्यलाई केन्द्रीय सदस्यहरुको छलफलमा सहभागी हुने अनुमति नभएपनि पार्टी इन्चार्जको हिसाबले उनले हस्तक्षेप गरेका थिए । ‘१० बुँदे कार्यन्वयनसँगै जेठ २ को एमालेका संरचनाहरु फर्किदा नेकपा एकताका बेला तत्कालीन माओवादीका जिम्मेवारी पनि यथावत हुनुपर्छ’, प्रदेश २ को सुझाव रहेको थियो । सो सुझाव जाँदा महासेठको जिम्मेवारी खोसिने निश्चित भएपछि उनले हस्तक्षेप गरेको स्रोतको दावी छ ।

    प्रदेश २ मा प्रभु साहले केन्द्रीय कमिटीको बैठकमा अनुपस्थिति जनाइरहेका बेला महासेठले हस्तक्षेप गरेपछि नेताहरु झन चिढिएका छन् । रामचन्द्र मण्डलले तयार पारेको सुझाव पेश हुँदा महासेठको प्रदेश इन्चार्ज पद रहँदैन थियो । त्यसपछि महासेठले त्यो बुँदा मात्रै हटाएनन रामचन्द्र मण्डललाई बोल्न नदिएर बद्री मैनालीलाई बोल्न दिएका थिए । समूहगत छलफलमा प्रदेश २ का केन्द्रीय सदस्यहरुले मण्डललाई टोली नेता र निर्मला देवकोटालाई उपनेता बनाएका थिए । त्यस्तै सरोज यादव र बद्री मैनालीलाई बहस नोटका जिम्मा दिइएको थियो । शुरुमा प्रदेश अध्यक्ष ज्वालाकुमारी शाहलाई टोली नेता बनाउने कुरा उठे पनि रामचन्द्र मण्डललाई बनाइएको थियो । ज्वाला र रामचन्द्र दुवैजना माओवादीबाट नेकपा एकता प्रक्रियासँगै एमाले भएका हुन् । प्रभु साहले ज्वालाकुमारी साहलाई प्रदेश अध्यक्ष बनाएको भन्दै असन्तुष्टि जनाएका थिए । प्रभु साह, ज्वालाकुमारी साह, रामचन्द्र मण्डल र टेकवहादुर बलम्पाकी नेकपादेखि नै केन्द्रीय सदस्य छन् । उता सुदुरपश्चिममा भानुभक्त जोशीलाई टोली नेता बनाउने तयारी भएपनि कर्ण थापाले आफै टोली नेता बन्न चाहे ।

    प्रदेश अध्यक्ष पनि भएकाले सुदुरपश्चिममा खासै वास्ता गरिएन । तर समूहगत छलफलमा १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने विषयमा जोडतोडले कुरा उठाइएको थियो |लेखराज भट्टलाई प्रदेश इन्चार्ज बनाएपछि बल्झेको विवाद केन्द्रीय कमिटी बैठकको समूहगत छलफल पनि देखिएको थियो । धेरै समय विवाद भएपछि त्यो विवाद निरुपण गर्ने जिम्मा स्थायी कमिटीलाई छाडेर नेताहरु विधान मस्यौदा र राजनीतिक प्रतिवेदनतर्फ लागेका थिए । ‘खासगरी १० बुँदे सहमतिकै विषयमा कुरा उठाइएको थियो तर टोली नेताले समूहगत धारणा राख्ने बेलामा त्यसलाई स्थायी कमिटीले नै सुल्झाउनु पर्ने सुझाव दिनुभयो’, सुदुरपश्चिम प्रदेशका एक नेताले भने । उनका अनुसार भानुभक्त जोशी लगायतका नेताहरुले १० बुँदे कार्यान्वयनको विषयमा कुरा उठाएका थिए । प्रकाश शाह लगायतका सांसदहरुले कर्ण थापाले आफूहरुको सुझाव नसमेटिएको गुनासो गरेका थिए । विदेश नीतिको बारेमा उनको टिप्पणी रहेको थियो । ओलीको राजनीतिक प्रतिवेदनमा पनि नेताहरुले संसद विघठन गल्ती थियो यसले राजनीतिक रुपमा एमालेको साखलाई गिराएको आरोप लगाएका थिए । ओलीले आफ्नो प्रतिवेदनमा १० बुँदे सहमति गर्नेहरु नै सरकार गिराउन लागि परेका उल्लेख गरेपछि नेताहरुले संसद विघठन र जम्बो केन्द्रीय कमिटी बनाएर पार्टीलाई विवादको भूमरीमा पारेको जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑