• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राष्ट्रसंघको महासभामा भारत र पाकिस्तानबीच चर्काचर्की

  • वीरगंज संजाल
  • ९ आश्विन २०७८, शनिबार १३:३३
  • ३६३७

    वीरगन्ज | संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तानबीच चर्काचर्की भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि मुस्लिमविरुद्ध ‘आतंक मच्चाइरहेको’ र भारतलाई मुस्लिमरहित मुलुक बनाउन खोजेको आरोप लगाएपछि चर्काचर्की भएको हो । सयुक्त राष्ट्रसंघमा पाकिस्तानले बारम्बार भारतको आलोचना गर्दै आएको छ । तर यसपालिको बैठकमा खानले गरेको भाषण अलि आक्रामक थियो । किनभने उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘भारतलाई मुस्लिममुक्त’ बनाउने अभियानमा लागेको आरोप लगाएका थिए । ‘इस्लामोफोबिया (इस्लामप्रतिको घृणा, डर वा पूर्वाग्रह) को सबैभन्दा खराब र व्यापक प्रवृत्ति/रुपले यतिबेला भारतमा राज गरेको छ’, कोभिडसम्बन्धी सावधानीका कारण भिडियोमार्फत् गरिएको सम्बोधनमा खानले भनेका थिए, ‘फासीवादी आरएसएस-विजेपी सत्ताले घृणाले भरिपूर्ण हिन्दूत्वको विचारधारामार्फत् २० करोड भारतीय मुस्लिम समुदायविरुद्ध डर र हिंसाको राज गरिरहेको छ ।’खानले मोदीको भारतीय जनता पार्टी र एक शताब्दीअघि अर्थसैन्य दस्तासहित हिन्दू पुनर्जागरण आन्दोलन सुरु गरेको राष्ट्रिय स्वयंसेवक संघप्रति संकेत गर्दै उक्त भाषण गरेका हुन् ।

    मोदीको कार्यकालमा भारतको एक मात्र मुस्लिम बाहुल्य क्षेत्र काश्मिरले पाउँदै आएको विशेष राज्यको हैसियत खारेज भएको छ । मोदी सरकारको उक्त कदमको पाकिस्तानले विरोध गर्दै आएको छ । मोदीले ह्वाइट हाउसमा भेटघाट गर्ने दिनमा नै बैठकलाई सम्बोधन गरेका खानले व्यापारिक स्वार्थका कारण ‘पूर्ण दण्डहीनतासहित’ भारतले मानव अधिकार हननका घटनाबाट उम्किएको बताएका थिए । भारतले विश्व मञ्चमा प्राय: पाकिस्तानको अभिव्यक्तिलाई बेवास्ता गर्दै आएको छ । तर शुक्रबार भने राष्ट्रसंघका लागि युवा भारतीय कुटनीतिज्ञ एवं भारतीय मिसनकी प्रथम सचिव स्नेहा दुबेले खानलाई कडा जवाफ दिएकी थिइन् । उनले पाकिस्तानमाथि अलकायदाका मास्टरमाइण्ड एवं अमेरिकी विशेष फौजको कारबाहीमा अबोटावादमा मारिएका ओसामा बिन लादेनलाई आश्रय दिएको र जयजयकार गरेको आरोप लगाएकी थिइन् ।‘यो (पाकिस्तान) त्यही मुलुक हो जसले अग्निनियन्त्रकको भेषमा आगो लगाउने गर्छ’ दुबेले आलोचना गर्दै भनिन्’, ‘पाकिस्तानले छिमेकीलाई मात्रै हानी गर्ने ठानेर आफ्नो आँगनमा आतंकवादी हुर्काउने गर्छ ।

    ’ दुबेले पाकिस्तानका अल्पसंख्यकविरुद्धको हिंसासँगै सन् १९७१ मा बंगलादेश स्वतन्त्र हुने बेलामा भएको ‘धार्मिक एवं साँस्कृतिक नरसंहार’माथि समेत जोड दिएकी थिइन् ।‘भारत पाकिस्तान जस्तो मुलुक होइन’, दुबेले भनिन्, ‘भारत एउटा बहुलवादी लोकतन्त्र हो जहाँका अल्पसंख्यक देशको उपल्लो तहसम्म पुगेका छन् ।’खानले आफ्नो सम्बोधनमा पाकिस्तानले भारतसँग शान्ति चाहेको बताएका थिए । तर दिगो शान्तिका लागि ‘जम्मू-काश्मिरमा जारी विवाद सुल्झिनु पर्ने’ उनको भनाइ थियो । खानको उक्त भनाइको जवाफ दिँदै दुबेले युनियन टेरिटरी जम्मू-काश्मिर र लद्दाख ‘सधैंभर भारतको अभिन्न अंग रहने’ भनेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑