• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अफगानिस्तान: तालिबानविरुद्ध महिलाहरूको रङ्गीचङ्गी पोशाक प्रदर्शन

  • वीरगंज संजाल
  • ९ आश्विन २०७८, शनिबार १३:३०
  • २०८५

    वीरगन्ज | छात्राहरूका लागि पोशाकसम्बन्धी तालिबानको कडा नियमविरुद्ध अफगान महिलाहरूले अनलाइनमार्फत् विरोध प्रदर्शन गर्न थालेका छन्।’डुनटचमाईक्लोथ’ र ‘अफगानिस्तानकल्चर’ जस्ता ह्यासट्याग प्रयोग गरेर कैयौँ महिलाहरूले परम्परागत रङ्गिन पोशाक लगाएका तस्बिरहरू सामाजिक सञ्जालमा साझा गरिरहेका छन्।बीबीसीकी सोदोबा हैदरले सामाजिक सञ्जालमार्फत् विद्रोह गरेका महिलासँग कुराकानी गरेकी छन्।तपाईँले गुगलमा ‘अफगान ट्रेडिशनल क्लोथस्’ टाइप गर्नुभयो भने बहुरङ्गी उनीहरूका सांस्कृतिक पोशाक देखेर दङ्ग हुनुहुनेछ। उनीहरूका हरेक पोशाक तपाईँलाई विशेष लाग्नेछ। ती कपडामा हातले बुनेका बुट्टाहरू छन् र गहन डिजाइन गरिएको छ। छातीको वरिपरि स-साना काँचका टुक्रा जडान गरिएको छ। त्यस्तै लामा स्कर्टहरू छन् जुन अफगानिस्तानको राष्ट्रिय नृत्य अट्टनका लागि एकदमै उपयुक्त देखिन्छन्। केही महिलाहरू बुट्टादार टोपी पनि पहिरिन्छन्। कतिले स्कार्फ लगाएका छन्। ती सबै कुराहरू महिलाहरू अफगानिस्तानको कुन क्षेत्रबाट प्रतिनिधित्व गर्छन् भन्नेमा निर्भर गर्छ। तालिबान पक्षधर र्‍याली हुनु अघि महिला वक्ताको कुरा सुन्दै अफगान विद्यार्थीहरू तस्बिर स्रोत,EPA तस्बिरको क्याप्शन काबुलमा तालिबान पक्षधर र्‍यालीमा महिला अफगान विद्यार्थीले माथिदेखि तलसम्म कालो पहिरन लगाएका थिए विगत २० वर्षमा महिलाहरूले कार्यस्थलदेखि विश्वविद्यालयसम्ममा यस्तै पोशाक लगाइरहेका थिए। तर यसैबीच एउटा अनौठो घटना भयो। शरीर पूरै ढाक्ने कालो रङको अभया लगाएका महिलाले गत साता तालिबानको समर्थनमा काबुलमा र्‍याली निकाले। उक्त र्‍यालीमा भाग लिने एक महिलाले आधुनिक पोशाक लगाउने र मेकअप गर्ने महिलाहरूले देशका मुस्लिम महिलाहरूको प्रतिनिधित्व नगर्ने बताइन्।

    यो Twitter पोस्ट छोड्नुहोस्, 1

    Twitter पोस्ट समाप्त, 1
    Presentational white space
    उनले भिडिओमा भनेकी थिइन्, “महिलाका लागि हामी त्यस्तो अधिकार चाहँदैनौँ- जुन विदेशी कुरा हुन् र शरीया कानुनसँग बाझिने खालका हुन्।” त्यसपछि विश्वभरिका अफगान महिलाहरूले तालिबानलाई जवाफ दिनका लागि सामाजिक सञ्जालको सहारा लिए। एक अमेरिकन विश्वविद्यालयकी भूतपूर्व इतिहासकी प्राध्यापक अफगान बहार जलालीले सुरु गरेको सामाजिक सञ्जाल अभियानमा अन्य अफगान महिलाहरू पनि सामेल भए। सेप्टेम्बरको शुरूमा काबुलमा तालिबानले उनीहरूको अधिकारको रक्षा गर्नुपर्ने भन्दै महिलाहरूले प्रदशर्न गरेका थिए। तस्बिर स्रोत,EPA तस्बिरको क्याप्शन, सेप्टेम्बरको शुरूमा काबुलमा तालिबानले उनीहरूको अधिकारको रक्षा गर्नुपर्ने भन्दै महिलाहरूले प्रदशर्न गरेका थिए। उनीहरूले परम्परागत पोशाक लगाएर अगाडि आउँदै ‘डुनटचमाईक्लोथ’ र ‘अफगानिस्तानकल्चर’ जस्ता ह्यासट्याग प्रयोग गरे। बहार जलालीले अफगानिस्तानको पहिचान र सम्प्रभुतामाथि हमला भएकाले आफूले यस्तो अभियान शुरू गरेको बताइन्। हरियो रङ्गको अफगान पोशाक लगाएर उनले आफ्नो तस्बिर ट्विटरमा शेअर गर्दै उनले अन्य महिलाहरूलाई पनि ‘अफगानिस्तानको वास्तविक मुहार’ देखाउन आह्वान गरेकी थिइन्।

    अफगान पहिचान
    उनले भनिन्, “म विश्वलाई मिडियामा तालिबान समर्थक र्‍यालीको जुन तस्बिर आयो त्यो हाम्रो पहिचान हैन भनेर बताउन चाहन्थेँ।” तालिबान समर्थक उक्त र्‍यालीमा महिलाहरूले जस्तो पोशाक लगाएका थिए त्यो देखेर धेरै मानिसहरू चकित भएका थिए। परम्परागत रूपमा रङ्गिन कपडा लगाउने अफगानका लागि पूरै शरीर ढाक्ने कपडा एउटा विदेशी अवधारणा थियो। अफगानिस्तानका हर क्षेत्रका आफ्ना परम्परागत पहिरन छन्। तर विविधतायुक्त ती पोशाकमा पनि केही कुराहरू मिल्दाजुल्दा छन्।
    त्यो भनेको के हो भने- त्यस्ता लुगामा रङ, सिसा र बुट्टाको अधिक प्रयोग हुन्छ र, सामाजिक सञ्जालमा अभियान चलाइरहेका सबै महिलाहरू त्यो नै उनीहरूको पहिचान हो भन्ने ठान्छन्।

    यो Twitter पोस्ट छोड्नुहोस्, 2

    Twitter पोस्ट समाप्त, 2
    Presentational white space
    भर्जिनियाकी एकजना मानवअधिकार कार्यकर्ता स्पोजमे मसीदले ट्विटरमा लेखिन्, “यो हाम्रो वास्तविक अफगान पोशाक हो। अफगान महिलाहरू यस्तो रङ्गिन र साधारण पोसाक पहिरिन्छन्। कालो रङको बुर्का कहिल्यै पनि अफगानिस्तानको पारम्परिक पहिरन थिएन।”उनी भन्छिन्, “हामी सदियौँदेखि एउटा इस्लामिक देश हौँ र हाम्रा हजुरआमाहरूले साधारण खाले परम्परागत पहिरन लगाउँथे। उनीहरूले नीलो रङको चदरी र अरबको कालो बुर्का लगाउँदैनथे। “हाम्रो परम्परागत पहिरनले पाँच हजार वर्षको हाम्रो समृद्ध संस्कृतिलाई प्रतिनिधित्व गर्छ। हरेक अफगानलाई यसप्रति गर्वको अनुभूति हुन्छ।”अफगानिस्तानको एकदमै अनुदार क्षेत्रमा बस्ने मानिसहरू पनि आफूहरूले कहिल्यै महिलाहरूले कालो रङको नकाब लगाएको देखेको थिइन भन्छन्। महिला मामिलामा काम गर्ने पेवान्ड अफगान एसोसिएशनकी ३७ वर्षीय अनुसन्धानकर्ता लिमा हलिमा अहमद भन्छिन्, “मैले मेरो तस्बिर किन पोस्ट गरेँ भने हामी अफगान महिला हौँ। हामीलाई हाम्रो संस्कृतिप्रति गर्व छ। हामी के ठान्छौँ भने कोही पनि अनुदारवादी समूह हाम्रो पहिचान तय गर्न सक्दैनन्। हाम्रो संस्कृति श्याम श्वेत छैन। यो त रङ्गिन छ। यसमा सुन्दरता र कला छ।”

    अफगानिस्तानमा पछिल्ला २० वर्षदेखि काम गरिरहेकी उनी भन्छिन्, “महिलाहरूलाई विकल्प थियो। मेरी आमा लामो र ठूलो नकाब लगाउँथिन् र अरू केही महिला त्यो भन्दा छोटो नकाब लगाउँथे। महिलामाथि कुनै पोशाकको नियम जबरजस्ती लगाइएको थिएन।”काबुलमा भएको तालिबान समर्थक महिलाको र्‍यालीलाई उल्लेख गर्दै उनी भन्छिन्, “हामी अफगान महिला हौँ र हामीले कहिल्यै पनि अफगान महिलाले पूरै शरीर ढाक्ने कपडा लगाएको देखेनौँ। र्‍यालीमा आउने महिलाले लगाएको कपडा खास तरिकाले सिलाएको जस्तो देखिन्थ्यो।”यो सामाजिक सञ्जाल अभियानमा भाग लिने अर्की महिला मलाली बशीर प्रागमा पत्रकार छन्।

    यो Twitter पोस्ट छोड्नुहोस्, 3

    Twitter पोस्ट समाप्त, 3
    Presentational white space
    उनी परम्परागत पहिरनमा सजिएका महिलाहरूको चित्र बनाउँछिन्। उनी त्यसको माध्यमबाट आफ्नो देशको सुन्दरता देखाउन चाहन्छिन्। उनी भन्छिन्, “गाउँमा (सुरक्षाका कारण उनको गाउँको नाम नलेखिएको) कोही पनि कालो वा नीलो रङको बुर्का लगाउँदैन थिए। मानिसहरू परम्परागत अफगान पोशाक लगाउँथे। वृद्धाहरू शिरमा स्कार्फ लगाउँथे तर कम उमेरका महिलाहरू रङ्गिन सल ओढ्थे। महिलाहरू हात हल्लाएर पुरुषहरूलाई अभिवादन गर्थे।”अहिले अफगान महिलालाई पहिरन बदल्न दबाव बढेको छ। उनीहरूलाई पूरा शरीर ढाक्ने कपडा लगाउन भनिएको छ जसले गर्दा मानिसहरूले उनीहरूलाई नदेखुन्। मैले आफूले बनाएको एउटा चित्र पोस्ट गरेकी छु त्यसमा महिलाले परम्परागत अफगान पहिरन लगाएका छन्। त्यसमा उनीहरू अफगानिस्तानका राष्ट्रिय नृत्य अट्टन गरिरहेका छन्।”तालिबानले चाहिँ महिलाहरूलाई शरीया कानुन र स्थानीय परम्परा अनुसार पढ्न र काम गर्न दिने बताएको छ। त्यसलाई ख्याल गर्दै केही अफगान महिलाले महिलाको शिर र आँखा समेत ढाक्ने चदरी भनिने नीलो कपडा लगाउन सुरु गरिसके। काबुल र अन्य सहरमा यस्तो लगाएका महिलाहरू ठूलो सङ्ख्यामा देखिन थालेका छन्। अफगानिस्तानका उच्च शिक्षा मन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिला र पुरुषलाई अलग्गै राख्न र महिलाले नकाब अनिवार्य लगाउन उर्दी जारी गरेका छन्। तर उनले शिर छोप्ने कपडा हो वा अनुहार नै ढाक्ने हो भन्ने खुलाएका छैनन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑