वीरगन्ज | काठमाडौँ प्रवेशको मुख्य नाका नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको ९५ लाख रुपैयाँ बरामद गरेको छ । चितवनबाट काठमाडौं आउँदै गरेका दुई जनाको साथबाट उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ । स्रोत नखुलेको अवैध रकमसहित दुईजना पक्राउ पनि परेका छन् । नागढुङ्गाको चेकप्वाइन्टमा चेकजाँचका लागि खटिएको प्रहरी टोलीले चितवनवाट काठमाडौँ आउँदै गरेको ग १ ख ६६४५ न को यात्रुवाहक हाईस गाडीको ८ र ९ नंको सिटमा सवार दुईजनालाई चेकजाँच गर्ने क्रममा उक्त नगद रुपैयाँ फेला परेको बताइएको छ । उनीहरुले बोकेको झोलाबाट रकम फेला परेको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेमा भारतको मुम्वई महाराष्ट्र प्रदेश सङली जिल्ला थाना घर वताउने वर्ष २६ को सागर माली र सोही ठाउँ घर बताउने १९ वर्षीय कृष्ण अढाडे रहेका छन् । सागरको साथबाट ४५ लाख र कूष्णको साथवाट ५० लाख फेला परेको प्रहरीले बताएको छ ।
#९५ लाख