वीरगन्ज | शुक्रबार देशभर १४७६ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६९० जनाको कोभिड परीक्षण गरिएको थियो । १० हजार ५७५ जनाको पीसीआर परीक्षण गर्दा ११०३ र ५११५ जनाको एन्टीजेन्ट परीक्षण गर्दा ३७३ जनामा कोभिड देखिएको हाे।
२४ घण्टामा १५५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ५८ हजार ५०४ जना संक्रमणमुक्त भएका छन् । यस्तै काेभिडले ९ जनाको मृत्यु छ । हालसम्म काेभिडले ११ हजार ८१ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित २० हजार २८७ जना छन् । आईसीयूमा ३४७ र भेन्टीलेटरमा १०५ जना उपचाररत छन् । होम आइसोलेशनमा १८ हजार ९६९ संक्रमित, संस्थागत आइसोलेशनमा १३१८ र क्वारेन्टाइनमा २४४ जना छन् ।