• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दशैंअघि नै सिनेमा हल खुल्ने, विभिन्न फिल्मको प्रदर्शन मिति तोकिँदै

  • वीरगंज संजाल
  • ८ आश्विन २०७८, शुक्रबार ११:१२
  • १८८५

    वीरगन्ज | कोभिड–१९ का कारण प्रदर्शनको तयारीमा रहेर पनि पछि हटेका अधिकांश फिल्मले प्रदर्शन मिति पुनः तय गर्न सकेका छैनन् । ११ चैत २०७६ देखि भएको पहिलो लकडाउन र १६ वैशाख २०७८ मा भएको दोस्रो लकडाउनका कारण नेपाली फिल्म क्षेत्र नै अन्योलमा परेको छ । पहिलो लकडाउन खुलेपछि फिल्म चहलपहल प्रारम्भ हुन लागेको थियो । फिल्म निर्माण घोषणा हुने, छायांकनमा जाने र प्रदर्शन हुने क्रमसमेत प्रारम्भ हँुदै थियो । पहिलो लकडाउन सकिएपछि निर्माता, निर्देशकहरू ‘अब ठिक भयो’ भन्ठानेर जुर्मुराउन थालेका थिए । तर, फेरि कोरोना संक्रमण बढ्न पुग्यो, जसकारण सरकारले पुनः पहिलाको भन्दा अलि कम कडाइका साथ लकडाउन लागू गर्यो । अहिले लगभग सबै क्षेत्र खुलिसकेको छ । तर दशैं, तिहार सम्मुखमा हुँदासमेत फिल्म प्रदर्शन गर्न निर्माता, निर्देशक तात्तिएका छन्, न हल सञ्चालक हल खोल्न आतुर छन् । ‘यो दशैंमा त जसरी पनि हल खोल्छौ,’ निर्माता तथा हल व्यवसायी अशोक शर्माको दावी छ– ‘हल नखुलेसम्म फिल्म क्षेत्र चलायमान हुन्न । फिल्म क्षेत्र चलायमान हुन पनि फिल्म चल्नुपर्छ ।’

    निर्मातालाई हल सञ्चालक तथा चलचित्र विकास बोर्डले केही राहत दिएर भए पनि फिल्म प्रदर्शन गर्न लगाउनुपर्ने उनको धारणा छ । उता, चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल पनि आफू कोरोना प्रभावित फिल्मलाई कसरी सुविधा दिन सकिन्छ भन्ने कुरामा चिन्तित रहेको बताउने गर्छन् । ‘म हरदम फिल्म क्षेत्र गतिशील बनाउनका लागि प्रयत्नरत छु,’ उनले भने– ‘शीर्ष नेता, निर्माता, हल व्यवसायी तथा सम्बन्धित संघसंस्थासँग छलफलमा जुटिरहेका छौ । छिट्टै केही ठोस निर्णय आउने छ ।’ सरकारले फिल्म क्षेत्रलाई प्राथमिकतामा नराख्ने गरेकाले निर्माताको करोडौं लगानी डुबिरहेको तथा हजारौं कलाकार, प्राविधिक बेरोजगार हुने अवस्थामा पुगेको फिल्मकर्मीहरू बताउँछन् । यद्यपि, देशभरका हल सञ्चालनमा नआए पनि, हलमा फिल्म प्रदर्शन नभए पनि, केही कलाकार तथा प्राबिधिक भने म्युजिक भिडियो तथा टेलिचलचित्र, वेबसिरिजमा ब्यस्त हुने गरेका छन् । तर, पछिल्लो समय युट्युव भ्युज तथा आम्दानी निकै कम भइरहेकाले म्युजिक भिडियो निर्माताहरू पनि अन्योलमा छन् ।

    कोरोना संक्रमणको सुरुवातअघि प्रदर्शन मिति तोकेका केही फिल्म एकाएक स्थगित भए । ती फिल्म हुन्, फूलमान वलको ‘नीरफूल’, सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु–२’, शिवहरि पौडेल निर्देशित ‘लक्का जवान’, निकेश खड्का निर्देशित ‘चपली हाइट–३’, ‘प्रेमगीत–३’, रञ्जित रौनियार निर्देशित ‘माइकल अधिकारी’ र साकार पन्त निर्देशित ‘हिजो आजका कुरा’ । १६ फागुन ०७६ मा ‘धुलो’ नामक फिल्म प्रदर्शन भएको थियो । २३ फागुनमा ‘म यस्तो गीत गाउँछु–२’ प्रदर्शन हुने तयारीमा थियो । तर सो मितिमा टाइगर श्राफ अभिनित हिन्दी फिल्म ‘बागी–३’ प्रदर्शनमा आयो । जसकारण सो फिल्मसँग आफ्नो फिल्म जुधाउन निर्देशक थापा डराए । उनले एकाएक आफ्नो फिल्म एक साता पर सारे । अर्थात् उनको फिल्मले नयाँ प्रदर्शन मिति तोके– ३० फागुनलाई । उक्त मितिमा ‘नीरफूल’ प्रदर्शन हुने तयारीमा थियो । तर कोभिड–१९ का कारण देश नै बन्द गर्ने चर्चा चल्न थाल्यो । फलस्वरूप फिल्म प्रदर्शन स्थगित गर्न बाध्यता आइहाल्यो । २१ चैतमा ‘लक्का जवान’ र त्यसको एक सातापछि ‘प्रेमगीत–३’, ‘माइकल अधिकारी’ र ‘चपली हाइट–३’ ले प्रदर्शन मिति तोकेका थिए । त्यसैगरी, १२ वैशाख ०७७ मा ‘हिजो आजका कुरा’ प्रदर्शन हुने तयारीमा थियो । अहिले आएर यी कुनै फिल्मले पनि नयाँ प्रदर्शन मिति तोकेका छैनन् । न त यी फिल्मका निर्माताले दोस्रो लकडाउनअघि खुलेको बेलामा फिल्म प्रदर्शन गर्ने तत्परता देखाए । पहिलो लकडाउन खुलेपछि भने आधा दर्जन बढी फिचर फिल्म निर्माण भए । ती फिल्महरु हुन्– ‘श्री’, ‘लक्ष्मीपूजा’, ‘कृष्ण लीला’,‘डिसेम्बर फल्स’, ‘गणपति’, ‘लोभीपापी’, ‘गोवर गणेश’, ‘बिहे पास’ आदि । जयकिशन बस्नेत र सोभित बस्नेत टिमले निर्माण गरेको ‘लोभीपापी’ र ‘लक्ष्मीपूजा’ केही टिभीमा प्रसारण भइसकेको छ । ती फिल्म हलमा भने आउने छैनन् ।

    गत माघमा हल खुलेपछि शिव श्रेष्ठको ‘यस्तो एउटा प्रेमकहानी’, ‘गोर्खे’, ‘श्री’ र ‘गुडफ्रेन्ड’ हलमा प्रदर्शन भए । लगत्तै दोस्रो लकडाउन भयो । त्यसपछि गत भदौमा पचास प्रतिशत दर्शकका साथ काठमाडौंका मात्रै हल खोल्न पाउने अनुमति सरकारले दिए पनि निर्माताले आफ्नो फिल्म लगाइहाल्ने मनस्थिति बनाएका छैनन् । यद्यपि, दशैंको सम्मुखमा केही अघि नै निर्माण भएको ‘धन्दागिरी’ र सोभित बस्नेतले भर्खरै सुटिङ सकाएको ‘डाडाँको वरपीपल’ प्रदर्शन गरिने घोषणा भएको छ । हल सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले आफूहरूले मोफसल हल पनि पूर्णरूपमा सञ्चालन गर्न दिन सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको र अधिकांशबाट सकारात्मक प्रतिक्रिया आएकाले दशैअघि हल खुल्ने विश्वास व्यक्त गरेका छन् । ‘दशैं अघि हल खुल्छन् । हामी करिब एक दर्जन फिल्मको प्रदर्शन मिति तोकेरै अघि बढ्ने तयारीमा छौं,’ प्रधानले भने । दोस्रो लकडाउनअघि चैत्र अन्तिममा ‘कृष्ण लीला’ र ‘लप्पन छप्पन–२’ ले प्रदर्शनको मिति तोकेर प्रचार पनि सुरु गरिसकेका थिए । तर, स्थगित गर्नु पर्यो । केही दिनअघि ‘लप्पन छप्पन–२’ ले १३ फागुनमा फिल्म प्रदर्शन गर्ने नयाँ मिति सार्वजनिक गरेको छ । त्यसैगरी, निर्मात्री, निर्देशक झरना थापाले पनि आफ्नो फिल्म ‘ए मेरो हजुर–४’ २८ चैतमा प्रदर्शन गर्ने निधो गरेकी छिन् । अन्य फिल्म प्रदर्शन मिति भने अझै तय भएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑