• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनता आवासमा बिचौलियाको ‘रजगज’

  • वीरगंज संजाल
  • ७ आश्विन २०७८, बिहीबार ०८:५६
  • २९०१

    जनकपुरधाम । प्रदेश सरकारले ०७४ सालमा ‘जनता आवास कार्यक्रम’ अन्तर्गत महोत्तरीको भंगहा नगरपालिकाका अति विपन्न परिवारका लागि नयाँ घर बनाउने योजना अघि सारेको थियो । त्यहाँका अति विपन्न मुसहर, डोम, हल्खोर समुदायका पुरानाघर भत्काएर पक्की घर निर्माण गर्न सम्झौता गर्यो ।

    भवन निर्माणका लागि स्थानीयको नेतृत्वमा चारवटा निर्माण समिति गठन गरिए । जसअनुसार सदा भवनले आठ, दुर्गा भवनले आठ, सरस्वती भवनले दस र भगवती भवन निर्माण समितिले आठवटा गरी ३४ वटाभवन बनाउने सम्झौता भयो । सम्झौता अनुसार सहरी विकास कार्यालयले प्रतिघर तीन लाख ३२ हजार पाँचसय रूपैयाँ छुट्टयाएको थियो । सरकाले नै पक्की घर बनाइदिने भएपछि स्थानीय उत्साहित बने । तर, उनीहरूको उत्साह धेरै दिन टिक्न सकेन ।

    दुई किस्ता लिएर ‘बिचौलिया’ फरार
    घर निर्माण समितिमा मन्त्रीको ‘सेटिङ’मा नेता तथा कार्यकर्ताहरूको ‘हालिमुहाली’ थियो । मन्त्रीले जस लिन र कार्यकर्ता रिझाउन आफूले सिफारिस गरेका मान्छेमार्फत काम गराउन सहरी विकास कार्यालयलाई निर्देशन दिए । त्यसरी ‘सेटिङ’मा सिफारिस भएकाहरूले घर निर्माणस्थल पुगेर काम पनि सुरु त गरे तर भवन निर्माणका लागि दुई किस्ता पाइसकेपछि एकाएक उनीहरू सम्पर्कविहीन भए ।

    निर्माण थालिएको तीन वर्ष पुगिसक्दा ती घरहरू अधुरै छन् । चालु वर्षमै घर निर्माण गर्ने लक्ष्य लिएको सरकारले हालसम्म त्यहाँको कुनै पनि घर बनाइसकेको छैन । सहरी विकास कार्यालयका अनुसार सदा भवन निर्माण समितिअन्तर्गत निर्माणाधीन ८ वटा घरबापत २६ लाख ६० हजार रूपैयाँ छुट्टयाइएको छ । तीमध्ये दुई किस्तामा १४ लाख २२ हजार पाँच सय ४९ रूपैयाँ भुक्तानी पनि भइसकेको छ ।

    निर्माण समितिका अध्यक्ष जुगल सदा भने घर निर्माणका लागि छुट्टयाएको र निकासा गरिएको रकमबारे आफूलाई केही थाहा नभएको बताउँछन् । उनले भवन निर्माणमा खटिएका एकजना ‘कर्मचारी’ले उपभोक्ता समितिको चेकमा आफूलाई हस्ताक्षर गर्न लगाएको बताए । हस्ताक्षर गराउने ‘कर्मचारी’बारे आफूलाई कुनै जानकारी नभएको उनको भनाइ छ ।

    “हामीलाई त्यो कर्मचारीको बारेमा केही थाहा छैन । हामीले हाकिम भन्थ्यौँ । अहिले आएर सबैले त्यो मान्छे बिचौलिया हो भन्छन् । कुर्सी लेभलको काम सकेर उनी गइसके । हामीलाई काम अघि बढाउन प्रति घर दुई लाख रुपैयाँ अझै पाउनुहुन्छ भनेका थिए । तर, फर्केर आएनन् ।”

    उधारो तिर्न प्रहरीमा उजुरी
    दुई किस्ताको रकम पाइसकेपछि पैसा तिर्ने आश्वासन दिएर उनीहरूले निर्माण समितिलाई नै उधारोमा सामान ल्याउन लागाए । उनीहरूले भने अनुसार निर्माण समितिले स्थानीय हार्डवेयर पसलबाट उधारोमा छड, सिमेन्टलगायत सामग्री खरिद गर्यो । ६० हजारको इँटा र ६० हजारको हार्डवेयरको सामान उधारोमा किनेर निर्माण अगाडि बढाए । त्यसयता कुनै पनि व्यक्ति पसल पुगेका छैनन् । न त कार्यालयले पैसा नै दिएको छ । व्यवसायीले तीन वर्षदेखि उधारो उठाउन पटकपटक ताकेता गर्दै आएको निर्माण समतिका अध्यक्ष जुगलको भनाइ छ । तर, पैसा नबुझाएपछि निर्माण समितिमाथि व्यवसायीले प्रहरीमा उजुरी गरेका छन् ।

    “प्रहरीले छिटो उधारो ल्याएको पैसा तिर्न भन्दैछ । पक्रेर थुन्छु भन्दैछ । तर, कहाँबाट पैसा तिर्नु ? हामीले पैसा पाएकै छैनौँ । अहिले बल्ल थाहा पाएको छु, घर बनाउन आएको धेरै पैसा झिकिएछ । यहाँ सबैले मैले नै पैसा खाइसकेँ भन्दैछन् । मलाई हाकिमले सही गर्न भनेपछि मैले गरेँ । तर, पैसा पाएको छैन,” निर्माण समितिका अध्यक्ष सदाले भने ।

    सरस्वती भवन निर्माण समितिबाट पनि कर्मचारीले त्यसैगरी पैसा झिकेर लगेका छन् । सहरी विकास कार्यालयका अनुसार सरस्वती भवन निर्माण समितिका लागि ३३ लाख २५ हजार रुपैयाँ छुट्टयाइएकोमा दुई किस्तामा १७ लाख ३३ हजार ६९४ रूपैयाँ निकासा भइसकेको छ ।

    सोह्र सय घर अझै अलपत्र
    सरकारले जनता अवास कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष सम्झौता गर्दै आएको छ । सहरी विकास कार्यालयले धनुषा, महोत्तरी र सर्लाहीका ०७२ सालदेखि अहिलेसम्म चार हजार ६२५ घर र शौचालय निर्माणका लागि सम्झौता गरेको छ । तीमध्ये तीन हजार १०४ वटा घर निर्माण भैसके । एक हजार ६२१ घर बन्न अझै बाँकी छ । शौचालय भने धेरै ठाउँमा बनाइएकै छैन ।

    आर्थिक वर्ष ०७२/०७३ सालमै पुरानो घर भत्काएर ९९६ नयाँ बनाउन भएको सम्झौताअनुसार ५ वटा घर बन्न अझै बाँकी छ । ०७४/०७५ मा सम्झौता भएका ५२२ मध्ये २२४, ०७५/०७६ मा सम्झौता भएका ९६२ मध्ये १९७, ०७६/०७७ मा सम्झौता भएका दुई हजार १७४ मध्ये एक हजार १२४ र ०७७/०७८ मा ७१ वटा सम्झौता भएकोमा कुनै पनि आवास निर्माण सम्पन्न भएको छैन ।

    मन्त्रालयले बजेट नदिँदा धेरै योजना समयमा सम्पन्न हुन नसकेको सहरी विकास कार्यालय धनुषाका प्रमुख विनोद यादवले बताए । निर्माण समितिले योजनाअनुसार काम नगर्दा कतिपय ठाउँमा भुक्तानी रोकिएको र काम अघि बढ्न नसकेको उनको भनाइ छ । “निर्माण समितिले जति पैसा लगे त्यति बराबरको काम गरेनन् । अहिले उनीहरुसँग पैसा छैन । हिनामिना गरिसकेका छन् । हामीले ती कामलाई निरन्तरता दिन खोज्दा मन्त्रालयले अख्तियारी दिएको छैन,” उनले भने ।

    पैसा निकासा भएको अनुसार काम नभएको उनले बताए । घर अलपत्र छोडेर बिचौलियाले पैसा निकालेर लगिसकेको उनले पनि पुष्टि गरे ।

    समितिको फितलो अनुगमन 
    घर निर्माणमा व्यापक अनियमितता भएको गुनासोपछि गत वर्ष प्रदेशसभा सदस्य जयनलुल राइनको संयोजकत्वमा छानबिन समितिसमेत गठन भएको थियो । समितिले हालसम्म केही ठाउँमा अनुगमन तथा निरीक्षणबाहेक केही गरेको छैन ।

    हालसम्म भंगहा र लोहरपट्टि नगरपालिकामा मात्र अनुगमन गर्न भ्याएको उनले बताए । “हामी ३/४ दिन अनुगमनमा गयौँ । तर, अनुगमन गर्न भनेको केही ठाउँमा निर्माण कार्य अघि बढाइयो । बीचमा राजनीतिक उथलपुथल पनि धेरै भएर अझै अनुगमन बाँकी नै रह्यो, प्रतिवेदन तयार पार्न सकेनौँ,” प्रदेशसभा सदस्य राइनले भने, “अनुगमनमा जाँदा घर निर्माणमा गुणस्तरहीनताको हद पार भएको देखियो ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑