• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कर तिर्न कामपाले पुनः थाल्यो माइकिङ, कर नबुझाए कडा कारबाही

  • वीरगंज संजाल
  • ७ आश्विन २०७८, बिहीबार ०७:१८
  • ३७३३

    वीरगन्ज । कर तिर्न अटेर गरेपछि काठमाडौं महानगरपालिकाले बुधबारदेखि पुनः माइकिङ शुरु गरेको छ । कामपाले तालिका सार्वजनिक गरेरै कर असुल्न माइकिङ शुरु गरेको हो ।करिब २८ वर्षदेखि कर नतिर्ने करदातालाई कारबाही गर्ने चेतावनी दिँदै दोस्रोपटक माइकिङ शुरु गरिएको बताउँदै कामपा राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले भन्नुभयो– ‘कर नतिरे कडा कारबाही गरिनेछ ।’‘हामीले पटक–पटक ताकेता गरिसकेका छाै‌, यदि कर तिर्ने विषयमा अटेर गरे स्थानीय शासन ऐनअनुसार कारबाही गर्नेछौं ।’ उहाँको चेतावनी थियो ।

    कामपाले कर नतिर्ने आठ करदाताको कार्यालयमा पुगेर माइकिङ गरेको छ । दरबारमार्गको कान्तिपुर होटल, दिव्य शमशेर, रवीन्द्रबहादुर मल्ल र जय नेपाल हल, बालाजुस्थित ब्याट्री कारखाना, दरबारमार्गको नेपाली जामे मस्जित, ह्वाइटफिल स्कुल र प्रदीपरत्न ताम्राकारको व्यावसायिक कार्यालय अगाडि माइकिङ गरिएको हो ।
    विभागले आज बिहीबार १० करदाताको व्यवसाय सञ्चालन गरेको स्थानमा माइकिङ गर्नेभएको छ । विभागका अनुसार इम्पेरियल अपार्टमेन्ट, शिशु अर्याल, कान्तिपुर हस्पिटल, शुभकामना हाउजिङ डेभलपर्स प्रालि, आदर्शनगर बिजनेस प्रालि, रञ्जना ट्रेड सेन्टर र लैनचौरस्थित नेपाल स्काउट तथा वानेश्वरस्थित व्यापारी अजयराज सुमार्गीको कार्यालयअघि माइकिङ गर्नेछ ।विभागका प्रमुख डा. अधिकारीले कर तिर्न पटक–पटक गरेको आग्रहलाई अटेर गरेपछि पुनः माइकिङ गर्न थालेको बताउादै भन्नुभयो– ‘यो हाम्रो अन्तिम आग्रह हो, यदि यसलाई पनि बेवास्ता गरिन्छ भने कानुनी कारबाही प्रक्रिया अघि बढाउन बाध्य हुनेछौं ।’

    कामपाले यसरी माइकिङ गर्ने २८ करदातामध्ये भोलि शुक्रबार गोपीकृष्ण मुभिज प्रालि, वल्र्ड ट्रेड सेन्टर, काठमाडौं जेसिस, ब्लुवर्ड इन्भेस्टमेन्ट, नेपाल शेयर मार्केट, शिशु अर्याल, रिद्धिसिद्ध डेभलपर्स, आरबी कम्प्लेक्स र काठमाडौं प्लाजा रहेका छन् । विभागले हिजो, आज र भोलि ३ दिनसम्म माइकिङ गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।विभागले सरकारी निकायसँग कर उठाउने विषयमा छलफल जारी राख्ने जनाएको छ । डा. अधिकारीले सरकारी निकायसंँग कर असुल गर्न उच्चस्तरीय छलफल भइरहेको बताउनुभयो । झण्डै ३५ सरकारी र अर्धसरकारी करदाताले कर तिरेका छैनन् । कामपाले वर्षौंदेखि कर नतिर्ने करदातासँंग करिब ७० करोडभन्दा माथि रकम संकलन गर्नुपर्नेछ । हालसम्म करिब ७ करोड रुपियाँ संकलन भएको छ । ‘बाँकी रकम कसरी उठाउने भन्ने विषयमा विभिन्न जुक्ति अपनाइरहेका छाैँ ।’ –डा. अधिकारीको भनाइ छ ।

    महानगरले करिब ७० करदातासँंग ३० वर्षदेखिको कर संकलन गर्न बाँकी रहेको जनाएको छ । विभागले स्थानीयको समेत सहभागिता गराई करिब एक महिनाअघि बाजा बजाएर कर तिर्न आग्रह गरेको थियो । त्यसबाट काम नभएपछि पुनः माइकिङ शुरु गर्नुपरेको विभागको भनाइ छ ।विभागको तथ्याङ्कअनुसार करिब ७० करदातामध्य १८ ले मात्र कर तिरेका छन् । तीमध्ये ८ वटाले चुक्ता गरेका छन् । बाँकी १० करदाताले आंशिक कर बुझाएका छन् ।माइकिङ गरेपछि जिगमी सिग्मी, पर्वल विष्ट, राजेन्द्रकुमार कावरा, शहीद मेमोरियल अस्पताल, होटल मस्र्याङ्दी, बुद्ध मल, केशा पोपर्टिज, सुरज आर्किड र वैशाली होटल छन् ।आंशिक कर तिर्नेमा एनआरटी क्लब, युनाइटेड वल्र्ड ट्रेड सेन्टर, काठमाडौं इन्जिनियरिङ कलेज, नेसनल हस्पिटल, एलआरआई स्कुल, जनमैत्री अस्पताल, प्रवीणबहादुर केसी स्टारमल र केजे पोपर्टिज प्रालि रहेका छन् । आंशिक कर चुक्ता गर्ने करदातामध्ये स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ सञ्चालक रहेको जनमैत्री अस्पताल पनि छ ।
    गुठी संस्थानले भाडामा दिएको पुतली सडकको शेयर मार्केट, खिचापोखरीको आरबी कम्प्लेक्स, खाद्य संस्थान, नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजा, राष्ट्रिय नाचघर, नेपाल रेडक्रस सोसाइटी, नेपाल विद्युत् प्राधिकरण र नेसनल ट्रेडिङ कम्पनी सरकारी स्वामित्व रहेका करदाता हुन् । कामपाले उनीहरुसंँग कर उठाउन सकेको छैन ।संविधानको अनुसूची ८ ले स्थानीय करअन्तर्गत सम्पत्ति कर, घरवहाल कर, जग्गा रजिस्ट्रेसन र सवारी रजिस्ट्रेसनजस्ता कर संकलन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑