पर्सा | प्रदेश नं. २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले इलाका प्रहरी कार्यालय भेडिया, सप्तरीको भवन उद्घाटन गरेका छन् ।
नवनिर्मित उक्त भवनको बुधबार एक कार्यक्रमका बीच प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले उद्घाटन गरेका छन् । मन्त्री साहले प्रहरीकाे सुरक्षित आवासकाे जिम्मेवारी प्रदेश सरकारकाे भएकाे वताए । उनले भने “प्रहरी प्रसासनको ब्यवस्थीत कार्यलाय एवम् आवास हाम्रो प्रमुख जिम्मेवारीहरु मध्यको एक रहेको छ । हामी प्रदेश २ का सम्पुर्ण प्रहरी प्रसासनको कार्यलय एवम् आवास व्यवस्थीत गर्न प्रतिबद्ध छौं ।
भवन उद्घाटन कार्यक्रममा प्रदेश नं. २ का आन्तरिक मामिला तथा संचार राज्य मन्त्री रुबी कर्ण, प्रदेश सांसद पसमिना कादरी, दिलिप साह, फुलिया देबी सादा, पूर्व सांसद अमर मण्डल, फुलिया देबी, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमला, २ नम्बर प्रदेश कार्यालय टिएसटी प्रमुख प्रहरी निरिक्षक चिरन्जिवी प्रसाद महताे लगायतले मन्तव्य राखेका थिए ।
५ कराेड १३ लाखमा इलाका प्रहरी कार्यालयकाे साढे ३ तल्ले भवन निर्माण भएकाे मन्त्री साहका सवकिय सचिव विजय यादवले वताए ।