• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जका केही युवाहरु द्वारा सामुहिक नियमितरूपमा हनुमान चालिसाको पाठ

  • वीरगंज संजाल
  • ५ आश्विन २०७८, मंगलवार १९:५६
  • ६२२५

    वीरगन्ज । वीरगन्जका केही युवाहरु द्वारा नियमितरूपमा हनुमान चालिसाको पाठ गर्नेगरेका छ्न । किन गर्दैछन् भने शास्त्रअनुसार सबैभन्दा चाँडै प्रशन्न हुने देवताका रूपमा हनुमान भगवानलाई लिइन्छ । मंगलबार हनुमानको जन्म भएको र यो दिन हनुमानको विशेष पूजा–अर्चना गरे सर्वश्रेष्ठ फल प्राप्ति हुने विश्वास गरिन्छ । हनुमानलाई प्रशन्न पार्न सके सबै कार्यसिद्धि हुने विश्वास गरिन्छ । भगवान श्रीरामका परम भक्त हनुमानजीको पूजामा केही विशेष कुरामा ध्यान दिनुपर्ने शास्त्रमा उल्लेख छ । मंगलबारको दिन हनुमानजीको पूजा–पाठ गर्ने व्यक्तिलाई सफलता, सौभाग्य मिल्नुका साथै मांगलिक दोष तथा क्रोध नियन्त्रणजस्ता दुष्प्रभावबाट मुक्ति मिल्नेछ । यस्तै जीवनको सबै मनोकांक्षा पूरा हुने शास्त्रमा उल्लेख छ । हनुमानलाई प्रशन्न गर्न हनुमान चालिसाको पाठ वा सुन्दरकाण्डको पाठ गर्नु उत्तम हुनेछ । यसै क्रममा वीरगन्जका केही युवाहरु द्वारा नियमितरूपमा हनुमान चालिसाको पाठ गर्नेगरेका छ्न । वीरगन्जको मेनरोड्मा अवस्थित हनुमान मन्दिरमा सामुहिक हनुमान चालिसाको पाठ सुरुभएको छ।बिहान हनुमानजीको प्रसादका रूपमा गुड, नरिवल, लड्डु चढाउनुपर्छ । शरीर तथा मनलाई पनि सधैं शुद्ध राख्नुपर्छ । पूजामा रातो वा पहेलो रंगको फूल विशेष रूपमा चढाउनुपर्छ । यस्ता फूलमा कमल, गुलाब आदिको विशेष महत्त्व रहन्छ ।

    व्रतको फाइदा के छ ? राजिव रन्जन भारतवाजको अनुसार “व्रत बस्नाले शरीरको शुद्धीकरणमा फाइदा पुग्छ । मोटोपन कम गर्नु, आन्तरिक सन्तुलन र सुव्यवस्थाको स्थिति प्राप्त गर्नु, थकान र अनिद्रा भगाउनु यसको फाइदा हो । व्रतले संकल्प र शक्तिको विकास र दृढ रहनमा सहयोग गर्दछ । यदि मानिस वास्तवमै केही प्राप्त गर्न चाहन्छ भने तबसम्म ऊ व्रत बस्छ जबसम्म उसले चाहेको उद्देश्य पूरा हुँदैन । व्रतमा भोकै बस्नुपर्ने हुनाले तपाईंले खान मन गरे पनि तपाईंको इन्द्रीयको पुकार तपाईंको इच्छाशक्तिले नियन्त्रण गरिदिन्छ । यदि तपाईंको इच्छाशक्ति दृढ हुन सकेन भने तपाईं केही फलफूल र दूध पिउन सक्नुहुन्छ । व्रतले मानिसलाई त्याग गर्न सिकाउँछ । त्यसकारण पनि यो दिन तपाईंले दान अथवा आफूले खाने खाना जसका लागि जरुरी छ उसलाई दिन सक्नुहुन्छ । व्रतका दिन व्यक्ति शारीरिक र मानसिक रुपबाट हल्का महसुस गरिरहेको हुन्छ । चिन्तामुक्त बन्न सक्छ । यदि तपाईं सहज तरिकाले एकाग्र चित्त बनाउन सक्नुभयो भने यी कुराहरू स्पष्ट हुन्छ । व्रतको दिन सचेतन, स्वार्थहीन, शारीरिक र मानसिक रुपमा त्याग हुन जरुरी हुन्छ । व्रतको पूरै दिन यो ख्याल राख्नुहोस् कि, तपाईं मानसिक र अध्यात्मिक विकासका लागि व्रत गरिरहनुभएको छ । यदि तपाईं व्रत बस्ने आफ्नो संकल्प पूरा गर्नुभयो भने तपाईंको आत्मविश्वास दृढ बन्दै जान्छ । सधैं ख्याल राख्नुहोस् व्रतको विशेष दिनमा अन्य मानिसहरूसँग विशिष्ट र मैत्रीपूर्ण तथा सार्थक व्यवहार गर्न जरुरी हुन्छ ।

    व्रतको दिन के गर्ने ?
    बिहानको समयमा मैनबत्ती या दीप बाल्नुहोस् । बिहानको ध्यान गर्नुहोस् । केही धार्मिक ग्रन्थ पढेर आफ्नो दिनको सुरुवात गर्नुहोस् । जब बेलुका घर पुग्नुहुन्छ । हात खुट्टा धुनुहोस् । कपडा फेर्नुहोस् अनि चोखो खाना (प्रसाद) बनाउनुहोस् । जस्तै हलुवा, खीरलगायत खाना । खाना (प्रसाद) प्रेम र सद्विचार अथवा कुनै मन्त्र उच्चारण गर्दै बनाउनुहोस् । यो मनन् गर्नुहोस् कि, व्रत या अन्य बेला खाना बनाउँदा पूर्ण रूपमा त्यसमा ध्यान दिनुहोस् र प्रशन्न मन लिएर बनाउनुहोस् अनि मात्र खाना खाने मान्छेको आत्मा तृप्त हुन्छ । जब खाना (प्रसाद) तयार हुन्छ, ध्यान अथवा पूजा गर्ने ठाउँमा फलफूल र प्रसाद राख्नुहोस् । पूजास्थानमा दीप, मैनबत्ती या अगरबत्ती बाल्नुहोस् । प्रकाशलाई स्वयं भगवानको उपस्थिति मानिन्छ । यसले ज्ञान र बुद्धि प्रदान गर्छ । फूल, फल र सुगन्ध विश्व, ब्रह्माण्ड शक्तिको भेट मानिन्छ । त्यसपछि परिवार, साथीभाइ वा एक्लै बसेर भगवानको आरती गर्न सकिन्छ । त्यस समयमा भागवत् गीतालगायत आफ्नोअनुसारको धार्मिक ग्रन्थको अध्याय पढ्न सक्नुहुन्छ । या त फेरि भजन गाउँदै प्रार्थना गर्न सक्नुहुन्छ ।

    मंगलबार व्रतको विधि
    मंगलबार, सूर्योदय हुनुअघि उठ्नुपर्छ । दिनचर्यासँग काम गरेपछि नुहाउने सफा हुनुपर्छ ।
    यस दिन रातो रङको लुगा लगाउनुलाई शुभ मानिन्छ । त्यसपछि हनुमानजीलाई रातो फूल, सिन्दूर, कपडा चढाउनुपर्छ । हनुमानजीको मूर्तिको अगाडि श्रद्धाभावको साथ दीप जलाएर हनुमान चालीसा वा सुन्दरकाण्डको पाठ गर्नुपर्छ । बेलुका हनुमानजीलाई चनाको पीठोको लड्डु वा खीर चढाएपछि बेलुका साँझ खाना खानुपर्छ । मंगलबार उपवास बस्नेहरूले यस दिन ब्रह्मचार्य पालन गर्नुपर्छ । यो विश्वास छ कि मांगलिक डोसाबाट पीडित व्यक्तिहरू पनि मंगलबार उपवासबाट लाभान्वित हुन्छन् । यस उपवासलाई शनिको महादशा, ढैया वा साढेसतीको समस्या हटाउन पनि धेरै प्रभावकारी मानिन्छ । जीवनका सबै समस्याहरू पार गर्न र हरेक संकट र पीडाबाट मुक्ति पाउन, तल दिइएको मन्त्र जप गर्नुहोस् ।

    महाबली हनुमानको मन्त्र
    पहिलो मन्त्र – ओम् तेजसे नमः
    दोस्रो मन्त्र – ओम् प्रशन्नात्मने नमः
    तेस्रो मन्त्र – ओम् शुराई नमः
    चौथो मन्त्र – ओम् शन्ताय नमः
    पाँचौं मन्त्र – ओम् मारुतात्माजय नमः
    छैटौं मन्त्र – ओम् हनुमन्ते नमः
    मंगलबार साँझ, हनुमानजीको अगाडि बसेर यी मन्त्रहरूको कम्तिमा १०८ पटक वा धेरैपटक जप गर्नुहोस् । तपाईंका सबै समस्या छिटै समाप्त हुनेछन् ।भन्नुहुन्छ पण्डित राजिव रन्जन भारतवाज।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑