पोखरा । पोखरामा एक महिलाले कुकुरसहित झुण्डिएर आत्महत्या गरेकी छन् । गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं. १ शान्तिपुर घर भई हाल पोखरा महानगरपालिका वडा नं. १७ बेलघारी बस्ने ५५ वर्षीया कोपिला राना कुकुरसहित झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा वडा नं. २१ स्थित फुस्रेखोलाको एक रुखमा कुकुरसहित एउटै डोरीमा झुण्डिएको अवस्थामा कोपिला भेटिएकी थिइन् । पोखरामा छोरीको घरमा बस्दै आएकी कोपिला आफ्नै घरमा पालेको कुकुरसहित मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालले बताउनुभयो ।
उनी आइतबार राती अबेलासम्म पनि घरमा नआएपछि खोजतलास गर्ने क्रममा सोमबार विहान १० बजेको समयमा स्थानीयले कोपिलालाई कुकुरसहित झुण्डिएको अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थियो ।छोरीको घरमा पालेका दुईवटा बाख्रा लिएर सधैं चराउन जाने उक्त स्थानमा कोपिला मृत अवस्थामा भेटिए पछि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको डिएसपी हमालले जानकारी दिनुभयो ।