वीरगन्ज । राजेन्द्र सिंह । वीरगञ्ज महानगरपालिका वडा नं. ०८की प्रिति कुमार कहिले क्यापसमा पढनु हुन्छ । केहि दिन पहिला उनको साथीले पासो लगाएर आत्महत्या गरेकोले उनि अहिले पनि स्तब्ध हुने गरेकी छिन ।
सधै मिलेर रमाईलो गर्ने अनि नयाँ साथीहरु संग त्यती घुलमिल हुन रुचाउदिन । उनको साथीले आफनो जिवन फालेको रहस्य के थियो ? भन्ने बिषयमा खुल्न सकेको छैन् । तर सबैले प्रेम सम्बन्ध हो भन्ने गरेको उनले सुनाईन । यस प्रकारको घटनामा कमी आउनु भन्दा झनै बढदै गएको छ ।
विश्वमा एक वर्षमा करिब ८ लाख मानिसले आत्म हत्या गर्ने गरेको देखिएको छ ।
यसको अर्थ हरेक ४० सेकेन्डमा कहिना कहि कसैले आत्महत्या गर्ने गरेका छन् । नेपालको पछिल्लो २०६१साल देखि २०७१ साल सम्मको १० वर्षको तथ्याङक हेर्ने हो भने २९९०५ जनाले आत्म हत्या गरेको पाईएको छ ।
पछिल्लो आर्थिक वर्ष ७७–७८मा पर्सा जिल्लामा ११८ जनाले आत्महत्या गरेको पाईएको छ । जसमा बिष आएर १५ जना, आगो लगाएर १ र झुडिएर १०२ जनाले आत्महत्या गरेको पर्सा प्रहरीको तथयाङकले देखाएको छ ।
यता, यस आर्थिक वर्षको सुरु देखि अहिले सम्म बिष सेवन गरेर १ जना तथा झुडिएर १२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो क्रम कमि हुनुको साटो दिनानुदिन बढ्दै गएपछि सरोकार वालाहरुले चिन्ता व्यक्त गरेका छन् । पर्सा वीरगञ्जका स्थानिय पनि आत्महत्या घटना दरलाग्डो तरिकाले बढकोको भन्दै बिभिन्न नियन्त्रणका सुझाव दिएका छन
समाजिक अभियान्ता दिलिपराज कार्की यसको नियन्त्रणमा सरकारी प्रयास नै जरुरी रहेको बताउनु हुन्छ । जुन निकै सुस्त तवरले भएको वहाँको भनाई ।
यसै बिच, नारायणी अस्पताल वीरगञ्जका चिकित्सक डाक्टर उदयनारायण सिंह कोरोनाको भन्दा आत्महत्याको शंख्या बढि रहेकोले तथ्याङकलाई उपचारको माध्य तथा अन्य उपाय गरेर कमि गर्न सकिने बताउनु भयो ।