महोत्तरी — महोत्तरीको बर्दिबास–३ स्थित बीपी राजमार्ग छेउमा निर्मित तौल पुल स्टेसन सञ्चालनमा आएको छ । शुक्रबार किराना सामान बोकेको जिपको तौल जाँच गरी पुलको उद्घाटन गरिएको बर्दिबास यातायात सेवा कार्यालय बर्दिबासका प्रमुख पोषण थापाले जानकारी दिए ।
उनका अनुसार तौल पुलमा पहिलो सवारीको नाप तौल गर्दा २६ सय २० किलो बोक्ने क्षमता भएको जिपले २३ सय ५० किलो सामान बोकेको पाइएकोले चालक शिव भट्टराईलाई जाँचपास दिएर पठाइएको थियो । बीपी राजमार्गको बनावट र क्षमता मध्यनजर गर्दै निर्माण गरिएको तौल पुल प्रदेश २ कै पहिलो भएको मन्त्रालयले जनाएको छ । पुल बीपी राजमार्गमा हिँड्ने सवारीमात्रै नभएर पूर्व–पश्चिम राजमार्गमा हिँड्ने सवारीको समेत भारवहन नियन्त्रणको काम गर्ने प्रदेश २ भौतिक पूर्वाधार मन्त्रालयले निर्देशन दिएको छ ।