• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संविधानको विरोध : सिके राउतदेखि महन्थ ठाकुरसम्म

  • वीरगंज संजाल
  • ३ आश्विन २०७८, आईतवार १३:२१
  • १७३३

    वीरगंज | तराई मधेसकेन्द्रित दलले आज संविधान दिवसका दिन विरोधका कार्यक्रम राखेका छन् । संविधानप्रति असन्तुष्टि जनाउँदै विरोध गर्नेमा सिके राउत नेतृत्वको जनमत पार्टीदेखि महन्त ठाकुरको लोकतान्त्रिक समाजवादी (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसम्म छन् ।सरकारले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै गर्दा देउवा सरकारलाई समर्थन जनाएका दुई दल जसपा र लोसपा भने खुलेर संविधानको समर्थन नगरी विरोधमा उत्रिएका हुन् । यतिसम्मकी सत्ता गठबन्धनमा सहभागी जसपाका नेताहरू नै सरकारले आयोजना गरेको संविधान दिवसको कार्यक्रममा सहभागी भएनन् ।लोसपाले त देशभरि नै विरोध कार्यक्रम गरी असोज ३ लाई कालो दिनको रूपमा मनाउन उर्दी नै जारी गरेको छ । सो पार्टीले संविधानको विरोधमा अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना गर्न मातहतका नेता कार्यकर्ताहरूलाई भनेको छ ।

    लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीका जिल्ला तहमा सर्कुलरमार्फत संविधान दिवसका दिन विरोधका कार्यक्रम गर्न निर्देशन नै दिएका छन् । त्यसका लागि शीर्ष नेताहरूको जिम्मेवारी बाँडफाँट समेत गरिएको छ ।संविधानको विरोधमा आयोजित कार्यक्रममा भाग लिन अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पर्सा पुगेका छन् । २०७२ असोज ३ गते संविधान निर्माण भएकै दिन आन्दोलनका क्रममा सहादत भएका शत्रुघन पटेलको घरमा लोसपाले कार्यक्रमको आयोजना गरेको पार्टीका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।सहिद शत्रुघन पटेलकी आमा स्थानीय तहको उपाध्यक्ष हुन् । उनले उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट चुनाव जितेकी थिइन् तर जसपा विभाजन हुँदा उनी लोसपा रोज्न पुगिन् । त्यही भएर प्राथमिकतामा राख्दै अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो, कार्यकारिणी सदस्य जितेन्द्र सोनललगायत शीर्ष नेताहरू पटेलको घरमै पुगेर कार्यक्रमको आयोजना गरेका हुन् ।

    यता, पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी र कार्यकारिणी सदस्य अनिलकुमार झालगायतका नेताहरू काठमाडौँमा हुने कार्यक्रममा सहभागी हुँदैछन् । लोसपाले ‘सहिदको बलिदानी र संविधानको पूर्णता’ विषयमा पार्टी कार्यालयमा कार्यक्रम गर्दैछ ।उपेन्द्र यादव नेतृत्वको जसपाले पनि देशभर संविधानको विरोधमा ‘संविधान संशोधनको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । पार्टीका कार्यकारिणी सदस्य महेन्द्र राय यादवका अनुसार पार्टीका केही शीर्ष नेताहरू उपत्यका बाहिर गए पनि अध्यक्ष उपेन्द्र यादवलगायतका केही शीर्ष नेता काठमाडौँमा हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । तर, जसपाले प्रदर्शन तथा कोणसभाजस्ता कार्यक्रमहरू भने नगर्ने जनाएको छ ।

    सिके राउत नेतृत्वको जनमत पार्टीले पनि असोज ३ लाई कालो दिवसको रूपमा मनाउँदैछ । सो पार्टीले संविधानको विरोधमा विभिन्न जिल्लामा विरोधका कार्यक्रम गर्न नेताहरूलाई सर्कुलर गरेको महासचिव चन्दन सिंहले जानकारी दिए । पार्टीका अध्यक्ष सिके राउतलगायत शीर्ष नेताहरू सम्भव भएसम्मका जिल्लाका कार्यक्रममा सहभागी हुने महासचिव सिंहले बताए । ‘अहिले पार्टीको बैठक चलिरहेको छ, त्यसैबाट अध्यक्ष राउतलगायत शीर्ष नेता कहाँ जाने भनि टुङ्गो लाग्छ’, महासचिव सिंहले बताए ।

    त्यस्तै, कौशलकुमार सिंह नेतृत्वको लोक दलले पनि देशभरी संविधान संशोधनको माग गर्दै विरोधका कार्यक्रमहरू गर्ने भएको छ । लोक दल पार्टीले आज कालो दिनका रूपमा मनाउने र संविधान संशोधन नहुँदासम्म विरोधका कार्यक्रम जारी राख्ने अध्यक्ष सिंहको भनाइ छ ।तराई मधेस राष्ट्रिय परिषद्ले आइतबार नै माइतीघरमा विरोध प्रदर्शन गर्ने भएको छ । परिषद्ले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने परिषद्का संस्थापक सदस्य सरोज रायको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑