• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसले अस्वीकार गरे सरकारी विभूषण

  • वीरगंज संजाल
  • ३ आश्विन २०७८, आईतवार १८:१८
  • २५८५

    वीरगंज | सरकारले दिने निर्णय गरेको पदक तीनजना पत्रकारले अस्वीकार गरेका छन्। वरिष्ठ पत्रकार हरिबहादुर थापाले सरकारले संविधान दिवसका दिन दिने घोषणा गरेको सुप्रबल जनसेवाश्री पदक नलिने घोषणा गरेका हुन्। उनले आफूलाई विगतमा पनि पटक पटक पदकका लागि सोधिएको स्मरण गराएका छन्। ‘आज सातौँ संविधान दिवसका अवसरमा पदक पाउनेको सूचीमा मेरो पनि नाम रहेछ, सम्झेकामा सरकारलाई धन्यवाद!’, उनले भनेका छन्, ‘विगतमा मलाई पदकका लागि पटकपटक सोधिएको थियो, मैले अस्वीकार गरिआएको जानकारी गराउँछु। । यसपालि भने सोध्दै नसोधी मेरो नाम आएछ। सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु।’

    उनले सरकारले दिने पदक र अलंकारबारेमा आफूले पटक पटक प्रश्न उठाउँदै आएको पनि बताएका छन्। ‘मैले मानपदवी, अलंकार, पदकको विकृति, पदक पाउनेको सार्वजनिक सु-योग्यताबारे समाचार–विश्लेषण–पुस्तकमार्फत लामो समयदेखि प्रश्न उठाइरहेको छु’, थापाले भनेका छन्, ‘राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयम् सम्मानित हुने गरी मात्रै सम्मान गर्नुपर्छ। कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ।’

    त्यस्तै चर्चित कार्टुनिष्ट तथा पत्रकार रविन सायमीले पनि सरकारी पदक नलिने घोषणा गरेका छन्। ‘संविधान दिवसको अवसरमा सरकारले उनलाई ‘प्रबल जनसेवा श्री’ बाट विभूषित गर्ने निर्णय गरेको थियो। पञ्चायतकालमा जस्तै विभूषण वितरण भइरहेको उनले बताएका छन्। ‘पञ्चायतकालमा जस्तै आसेपासेलाई विभूषण वितरण गरिएको छ,’ उनले भनेका छन्, ‘सरकारले मलाई ‘प्रवल जनसेवा श्री’ बाट विभूषित गर्ने निर्णय गरेको रहेछ। गाेरखा दक्षिणबाहुको प्रजातान्त्रिक ‘भर्सन’ भएकाले हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु।’उनले यी र यस्तै सरकारी प्रवृत्तिविरुद्ध कार्टुन बनाउँदै आएका छन्। ‘मैले यस्तै विकृतिविरुद्ध निरन्तर कार्टुन बनाइरहेको छु’, उनले भनेका छन्, ‘कार्टुनमार्फत यस्तो प्रवृतिको विरोध गरिरहेको छु। सरकारले दिने घोषणा गरेको विभूषण नलिने निर्णय गरेको छु।’

    भागबण्डा अस्वीकार

    अर्का पत्रकार नारायण अमृतले पनि सरकारी विभूषण अस्वीकार गर्ने निर्णय लिएका छन्। उनले संविधानप्रति अगाध स्नेह र सम्मान भए पनि भागवण्डा गरेर दिइने सरकारी पदक नलिने घोषणा गरेका हुन्।उनले संविधान दिवसमा बाँडिने पदक, अलङ्कारलाई बिस्कुनको संज्ञा दिएका छन्। ‘संविधान दिवसमा बिस्कुन बनाइने मानपदवी, विभूषण र अलंकार वितरणको अपारदर्शी प्रक्रियाप्रति म स0धैं असहमत हुँदै आइरहेको छु’, उनले भनेका छन्।

    यस पटक आफ्नो पनि नाम पदक पाउनेको सूचीमा रहेको बताउँदै नलिने बताएका हुन्। ‘यसपटकको लाममा मेरो पनि नाम देखेँ। बिनाखबर,बिनाप्रक्रिया र बिनामापदण्ड वितरण गरिने यस्ता पुरस्कारमा दलीय भागबण्डाको स्पष्ट दर्पण देखिन्छ’, उनले भनेका छन्, ‘कसैलाई लागेर ‘फलानाको नाम पनि यो शीर्षकमा राखिदिऊँ न’ भनेर हचुवाको भरमा नाम समाविष्ट गरिने प्रक्रियाले खास योगदान दिने व्यक्तिलाई अवमूल्यन समेत गर्छ भन्ने मर्म कहिले बुझिएला?’उनले पदकको लामबाट आफ्नो नाम झिकिदिन भनेका छन्। ‘त्यसैले, त्यो लामबाट मेरो नाम झिकियोस्। यसरी दिने पुरस्कारका लागि म योग्य छैन भन्दै म यो भागबण्डा अस्वीकार गर्छु’, उनले थपेका छन्, ‘दुई दशक भन्दा अघिदेखि पत्रकारिताको मूलधारमा सक्रिय छु, विवेकलाई साक्षी राखेर पेशागत मर्ममा अझै सक्रिय रहिरहनेछु।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑