वीरगञ्ज। कृष्ण यादव । पर्साको बहुदरमाई नगरपालिकास्थित तिलावे नदीमा शनिबार दिउँसो विश्वकर्मा बाबाको मूर्ति सेलाउन गएका एक जना डुबेर बेपता भएका छन्।
नगरपालिकाको वडा नम्बर ४ बहुअरीस्थित तिलावे नदीमा डुबेर सोही नगरपालिका वडा नम्बर २ पिपरा निवासी २३ वर्षीय श्यामकुमार साह बेपता भएका हुन्।
उनीसँगै नदीमा बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्ज निवासी २५ वर्षीय फिरोज अन्सारीलाई भने उद्धार गरी उपचारको लागि नारायणी अस्पतालमा पठाइएको अस्थायी प्रहरी चौकी डकैला बहुअरीले जनाएको छ।
वीरगञ्जबाट मूर्ति तिलावे नदीमा सेलाउन गएका बेला उनीहरु नदीमा पसेका थिए। बेपता रहेका युवक साहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। खोजी कार्यको लागि सशस्त्र प्रहरी बेस क्याम्प बागेश्वरी त्रितौना, प्रहरीको टोली परिचालन गरिएको यादवले बताए।