पर्सा । रामजी यादव।पर्साको बहुदरमाई नगरपालिका वाड नं ३ नगरदाहामा रहेको सरकारी भवनमा वडा नं. ३ को कार्यालय र स्वास्थ्य चौकी अवस्थित रहेको छ। साथै वडा कार्यालय र स्वास्थ्य चौकी सम्म दैनिकरुपमा जाने अहिले सम्म सार्बजनिक बाटो नभएका कारण कर्मचारी तथा सेवाग्राहीहरुलाई सास्ती भएको छ। धेरै दिन पहिला गा.बि.स.को कार्यालय संचालन रहेको थियो।
भवन निर्माण गरेको धेरै दिन बिति सक्यो र अहिले स्थानीय तह र स्थानीय सरकार भएको छ। बहुदरमाई नगरपालिका र वडाको कार्यकाल चार बर्ष बिति सक्दा पनि अहिले सम्म सार्वजनिक बाटोको उचीत निकास हुन सकेको छैन सो सरकारी भवनमा अवस्थित रहेको वडा कार्यालय र स्वास्थ्य चौकी सम्म प्रत्येक दिन जाने कर्मचारी र सेवाग्राहीहरुलाई धेरै अप्ठयारो हुदै आईरहेको छ।
मनसुनको बर्षायाम भएसंगै निजी बाटो भएर प्रत्येक दिन कर्मचारी र सेवाग्राहीहरु आउन जान गरेका छन। मनसुनको बर्षायाममा हिलाम्यले गर्दा आवत-जावतमा सधै सास्ती हुदै आईरहेको स्वास्थ्य चौकीका अ.हे.व.कर्मचारी प्रियांका यादवले बताएकी छिन।नगरदाहाको वडा नं. ३ को कार्यालय र स्वास्थ्य चौकी सम्म जान बाटोको बिजोग अवस्था हेर्दा अहिले सम्म यस गम्भिर समस्या प्रति बहुदरमाई नगरपालिकक़ो केही चासो नभएको स्थानीय सेवाग्राहीको गुनासो रहेको छ।