वीरगन्ज । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।कम्पनीले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले बोर्डबाट स्वीकृति पाएपछि मात्र निष्कासन गर्नेछ । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ गराइसकेको छ ।
कम्पनीले निष्कासन गर्नका लागेको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर बीबी प्लस रेटिङ प्रदान गरिसकेको छ । यस्तो रेटिङले कम्पनीको समयमै दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा कम्पनीको खुद नाफा ६६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. ९ करोड ७८ लाख ८७ हजार खुद नाफा आर्जन गरेकोमा गत आवमा वृद्धि भएर रू. १६ करोड ३३ लाख ८ हजार पुगेको हो ।
गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफामा वृद्धि भएको हो । अघिल्लो आवको तुलनामा गत आवमा खुद ब्याज आम्दानी १ दशमलव ४६ प्रतिशत र सञ्चालन नाफा ७१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू. १७ करोड २१ लाख २५ हजार रहेको छ भने जगेडामा रू. ४२ करोड ७३ लाख २५ हजार सञ्चित गरेको छ ।
स्रोत : कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण