रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा एक बालिकाको डुबेर मृत्यु भएको हो ।
देवाही गोनाही नगरपालिका वडा नं.६ कर्कच करमहियाका स्थानीय मोहन साहको छोरी साढे दुई बर्षकी ज्योति कुमारी साहको हिजो साँझ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाउँ नजिकै रहेको नहरमा जमिएको पानीमा डुबेर बालिका साहको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यलय देवाही गोनाहीका प्रमुख इन्स्पेक्टर राजन लम्सालले शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाईएको बताए ।