• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    (Untitled)

  • वीरगंज संजाल
  • २ आश्विन २०७८, शनिबार १३:००
  • ४३०५

    वीरगंज । सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको खोप शुक्रबार एकै पटक काठमाडौं आइपुगेको छ । आगामी सोमबार (४ असोज) देखि नागरिकलाई लगाउन थालिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सरकारले सिनोफार्मसँग एक करोड (पहिलो चरणमा ४० लाख र दोस्रो चरणमा ६० लाख) खोप खरिद गरेको थियो । खरिद गरेको सबै खोप आइपुगेको छ ।

    एकै खेपमा ठूलो परिमाणमा खोप प्राप्त भएकाले ४ गतेदेखि १४ गतेसम्म अभियानकै रुपमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको अधिकारीहरु बताउँछन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले भने, ‘राष्ट्रिय खोप सल्लाहकार समितिको सुझाव अनुसार खोप वितरणको योजना पहिल्यै नै तयार पारेका थियौं । सोही योजना अनुसार देशका विभिन्न जिल्लामा खोप वितरण गर्न निर्देशन भएको छ ।’

    भण्डारणमा समस्या छैन

    डा. लालका अनुसार एकै पटक ठूलो परिमाणमा खोप आइपुगे पनि यसको भण्डारणमा कुनै समस्या छैन । किनकि शुक्रबार आइपुगेको खोपको प्याकिङ फरक छ । ‘यसअघि ल्याइएका खोपको एक भाइलमा दुई डोज खोप हुन्थ्यो । अहिले एक भाइलमा पाँच डोज छ, त्यसैले भण्डारणमा कुनै समस्या छैन,’ उनले भने ।

    खोप महाशाखाका निर्देशक सागर दाहालका अनुसार १० हिमाली जिल्लाका १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिने योजना बनाइएको छ । १० हिमाली जिल्लामा ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा र दार्चुला पर्छन् ।

    आपूर्ति शाखाका फार्मेसी अफिसर बडेबाबु थापाका अनुसार चीनबाट ल्याइएको खोप टेकुस्थित कोल्ड चेनमा राखिएको छ । ‘गण्डकी र बागमती प्रदेशका लागि चाहिने खोप शुक्रबार नै पोखरा र हेटौंडामा पठाइसकेका छौं,’ उनले अनलाइनखबरसँग, ‘अरु प्रदेशमा शनिबारदेखि खोप पठाउन शुरु गर्छौं ।’

    खोप अभियान कसरी सञ्चालन हुन्छ ?

    चीनबाट आइपुगेको खोप अहिलेसम्मको खोप कभरेज दर हेरेर वितरण गर्न लागिएको स्वास्थ्य सेवा विभागको खोप महाशाखाका निर्देशक सागर दाहालले बताए ।

    दाहालका अनुसार हिमाली १० जिल्लाका १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिने योजना बनाइएको छ । १० हिमाली जिल्लामा ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा र दार्चुला पर्छन् ।

    त्यस्तै काभ्रे र चितवनका ३५ वर्षभन्दा माथि उमेर समूहका सबै नागरिकलाई खोप दिइनेछ ।

    त्यसैगरी, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिइने लक्ष्य मन्त्रालयको छ । ‘१८ वर्षभन्दा माथिका खोप लगाउन छुटेका भएमा विद्यार्थी, फन्टलाइनमा खटिएका, अतिआवश्यक सेवा, शिक्षक, पर्यटक क्षेत्रका मानिसलाई पनि खोप दिने योजना रहेको छ,’ दाहालले अनलाइनखबरसँग भने ।

    उनका अनुसार अरु ५५ जिल्लाको हकमा ४५ वर्षमाथिका सबै नागरिकलाई खोप दिइनेछ ।

    साथै यसअघिका खोप अभियानमा छुटेकाहरूलाई पनि प्राथमिकतामा राखेर खोप वितरण गरिने उनले बताए । १८ वर्षभन्दा माथिका सबै विद्यार्थी, यसअघिको अभियानमा छुटेका पर्यटकीय क्षेत्रका होटल व्यवसायी, रेडक्रसका कर्मचारी एवं स्वयंसेवीलाई पनि खोप उपलब्ध गराउने लक्ष्य मन्त्रालयको छ ।

    सरकारले असोज मसान्तसम्म देशको एकतिहाइ जनसंख्या र चैत मसान्तसम्म १८ वर्षमाथिका नागरिकलाई खोप लगाइसक्ने लक्ष्य राखेको छ ।

    कति खोप भित्रिए ?

    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म १ करोड ७७ लाख ५८ हजार ७१० डोज खोप भित्रिएका छन् । यसमा २४ लाख ४८ हजार डोज कोभिशिल्ड, १९ लाख ७५ हजार ८६० डोज एस्ट्रेजेनेका, १५ लाख ३४ हजार ८५० डोज जोन्सन एण्ड जोन्सन र १ करोड १८ लाख डोज भेरोसेल खोप छन् ।

    एक करोड भेरोसेल र १० लाख कोभिशिल्ड खरिद गरिएको हो । भारतसँग खरिद गरिएको १० लाख खोप अझै आएको छैन । बाँकी खोप अनुदानमा आएको हो । चीनले अनुदानमा दिने घोषणा गरेको १६ लाख खोप पनि आउन बाँकी छ ।

     

    कतिले लगाए खोप ?

    मन्त्रालयका अनुसार नेपालमा पूर्ण खोप पाउनेको संख्या ५५ लाख ७ हजार ३८० पुगेको छ । उनीहरुमध्ये १४ लाख १५० जनाले एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् ।

    मनाङ र मुस्ताङमा १८ वर्षभन्दा माथि उमेर समूहका सबै नागरिकले खोप पाइसकेको जिल्लास्थित स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।यस्तै पहिलो डोज लगाएका र दोस्रो डोज खोपको पर्खाइमा १९ लाख ७५ हजार ८९४ जना नागरिक छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑