• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘लो प्रोफाइल’ भ्रमणमा ‘हाई प्रोफाइल’ भेटवार्ता

  • वीरगंज संजाल
  • १ आश्विन २०७८, शुक्रबार ०९:०६
  • १९३३

    वीरगन्ज । भारतीय जनता पार्टी (भाजपा)का पूर्वमहासचिव राम माधव चार दिन काठमाडौंमा शीर्ष नेताहरूसँग भेटवार्ता गरेर दिल्ली फर्केका छन् । २४ भदौमा आएका उनी २७ भदौमा दिल्ली फर्केका हुन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फतेमा जेड सुमार आएकै दिन अपराह्न काठमाडौं आएका राम माधव फतेमा जानु अघिल्लो दिन भारत फर्केका हुन् ।

    एकजना सहयोगीसहित ‘लो प्रोफाइल’ रूपमा आएका उनले ‘हाई प्रोफाइल’ भेट गरेर फर्केका छन् । राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का राष्ट्रिय कार्यकारिणी सदस्य राम माधवले २५ भदौमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनीहरूकै निवासमा पुगेर लामो छलफल गरे । उनले २६ भदौमा प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गरे । सुरुमा उनी गोकर्ण फरेस्ट रिसोर्टमा बसेका थिए । तर, त्यसपछि राम माधव बसेको होटेलबारे सुरक्षा निकायले पनि पत्तो पाएन । उनले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेको स्रोतले जानकारी दियो ।

    भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले आएको तीन साताभित्रै नेता राम माधवको ‘लो प्रोफाइल’ भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ । यद्यपि उनको भ्रमण र शीर्ष भेटवार्ताबारे औपचारिक रूपमा उनी स्वयं, आरएसएस वा नेपालका शीर्ष नेता कसैले पनि सार्वजनिक गरेका छैनन् ।

    नेपालका शीर्ष नेतासँगको भेटवार्ताबारे सार्वजनिक नगर्न आग्रह
    आफ्ना सहयोगीमार्फत नेपालका शीर्ष नेतासँग आफैँ भेटवार्ताका लागि आग्रह गरेका थिए । भेटवार्ताका लागि काठमाडौंस्थित भारतीय दूतावास वा काठमाडौंस्थित संघ कार्यालयसँग समन्वय गरेनन् । ‘राम माधवजी आफैँले र कतिपय अवस्थामा उहाँका सहयोगीले शीर्ष नेताका सहयोगीमार्फत समय तय गरेर भेट्नुभएको हो, भ्रमणलगायतका विषयमा केही पनि सार्वजनिक नगरिदिनुहोस् भन्ने उहाँको आग्रहअनुसार हामीले पनि गोप्य राख्यौँ,’ शीर्ष नेतानिकट स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘आरएसएसको काम गर्ने तौरतरिका पनि यही नै रहेछ ।’

    भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले भने प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतसँग भेटवार्ता गरेको आफैँले सार्वजनिक गरेका थिए ।

    राम माधवले भाजपाको महासचिवका रूपमा कुनै समय नेपाल–भारत सम्बन्धबारे काम गर्दै आएका थिए । त्यसक्रममा उनको नेपालमा शीर्ष नेताहरूसँग सम्पर्क र संवाद बढेको थियो । कुनै समय भाजपा अध्यक्ष अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदीका निकट मानिने उनी भाजपामा जेपी नड्डा अध्यक्ष भएलगत्तै किनारामा पारिए । उनलाई भारतको माथिल्लो सदन राज्य सभामा लैजाने चर्चा थियो, तर उनले टिकट पाएनन् ।

    कांग्रेसका तर्फबाट मेरो निमन्त्रणामा विजयजी आउनुभएको हो । दुई पार्टीको सम्बन्ध विस्तारमा छलफल केन्द्रित भयो । चौथाइवालेजीसँग हाम्रो कुराकानी असाध्यै राम्रो भयो । यो भेटवार्ता पार्टीगत सम्बन्धमा केन्द्रित भयो ।

    डा.प्रकाशशरण महत
    सहमहामन्त्री, कांग्रेस

    नेपाल–भारत सम्बन्धमा पनि उनले सही काम गर्न नसकेको भन्दै विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई नै भाजपाले जिम्मेवारी दिएको थियो । यद्यपि राम माधव आरएसएसका अध्यक्ष मोहन भागवतका निकटस्थ भएका कारण र विगतमा आरएसएसबाटै भाजपामा गएको हुनाले पुनः आरएसएसमा फर्किएका छन् । उनले इन्डिया फाउन्डेसन नामक चिन्तन संस्था स्थापना गरेका छन्, जसले नेपाल–भारत सम्बन्धबारे पटकपटक छलफल गर्दै आएको छ ।

    राम माधव आएकै दिन आइपुगेका विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री मिलिन्द पाण्डे भने पाँच दिन काठमाडौं बसेर फर्केका छन् । उनले परिषद्को नेपालस्थित पदाधिकारीसँग छलफल गरेका थिए । उनको ‘हाई प्रोफाइल’ राजनीतिक भेटवार्ता नभएको परिषद्का एक अधिकारीले बताए । उनी सुनौली हुँदै गोरखपुर भएर दिल्ली फर्केका थिए ।

    ‘राम माधवको भ्रमणबारे हिन्दू स्वयंसेवक संघका पदाधिकारीले पनि ढिलो सूचना पाएका थिए, उहाँले भ्रमण लो प्रोफाइलमा राख्नुभयो, कसैलाई सार्वजनिक नगर्न भन्नुभयो,’ उनीनिकट एक भाजपा नेताले दिल्लीबाट टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘उहाँ नेपालकै राजनीतिक परिवेशबारे बुझ्नका लागि काठमाडौं जानुभएको हो । परिस्थिति बुझ्ने मात्रै मिसन हो, शीर्ष नेताहरूसँग भेटेर उहाँले नेपाल भारत सम्बन्धका विषयमा नेताहरूको राय बुझेर फर्किनुभयो ।’

    यद्यपि, राम माधवले आफू निकटस्थहरूलाई पनि भ्रमणमा भएका विस्तृत कुराकानीबारे जानकारी दिएका छैनन् । ‘मेरो बुझाइमा नेपालको भूराजनीतिक अवस्थाका बारेमा पनि उहाँले स्वाभाविक रूपमा चासो राख्नुभयो, समग्र परिस्थितिका बारेमा कुराकानी गर्न जानुभएको हुनाले चर्चामा भएका सबै विषयमा छलफल भयो भनेर बुझ्नुपर्छ,’ ती नेताले भने, ‘पुराना साथीहरूलाई भेटेर आएँ भन्नुभएको छ । योभन्दा धेरै कुरा गर्नुभएको छैन ।’

     कांग्रेसको निम्तामा तीन साताअघि आएका थिए चौथाइवाले
    भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले ६ भदौमा आएर १० भदौमा दिल्ली फर्केका थिए । काठमाडौं आएकै दिन उनले प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेटवार्ता गरे । त्यसपछि उनले क्रमशः एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कांग्रेस नेताहरू रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा.शशांक कोइरालालगायतसँग भेटवार्ता गरेका थिए । उनी कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशशरण महतको निमन्त्रणामा आएका थिए ।

    थाइवाले गत मंसिरमा पनि एमालेको निमन्त्रणामा आएका थिए । त्यसवेला उनलाई एमाले उपमहासचिव विष्णु पौडेलले निमन्त्रणा गरेका थिए । सबैजसो भेटवार्तापछि चौथाइवालेले नेपाल–भारत सम्बन्ध र राजनीतिक दलहरूबीच संवाद थप सुदृढ गर्ने विषयमा छलफल भएको बताएका थिए ।

    चौथाइवालेले जनै पूर्णिमाका दिन प्रधानमन्त्री देउवाकी पत्नी डा.आरजु राणा देउवाबाट राखी ग्रहण गरेका थिए । ‘कांग्रेसका तर्फबाट मेरो निमन्त्रणामा विजयजी आउनुभएको हो, दुई पार्टीको सम्बन्ध विस्तारमा छलफल केन्द्रित भयो,’ कांग्रेस नेता महतले नयाँ पत्रिकासँग भने, ‘चौथाइवालेजीसँग हाम्रो कुराकानी असाध्यै राम्रो भयो । यो भेटवार्ता पार्टीगत सम्बन्धमा केन्द्रित भयो ।’ नयापत्रीका बाट सभार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑