जनकपुर । मोटरसाइकलको ठक्करबाट सप्तरीको राजगढ नगरपालिका–५, मलेखपुरमा पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४० वर्षीया रमादेवी दासको रहेका छन् । प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको हो ।
हिजो बेलुका करिब साढे ७ बजे पैदल हिँडिरहेकी महिलालाई स ८ प ८६८२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको प्रहरीचौकी पत्थरगढाले जनाएको छ ।