वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित आईतबार राती करिब २ बजे मोटरसाईकल चोरी भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित आईतबार राती करिब २ बजे नगवा न्याँ बस्तीमा रहेको अधिवक्ता अजय कुमार स्वर्णकारको घरबाटै ना ४६ प ५७५२ नम्बरको रातो कालो रंगको १५० सि.सि.को पलसर मोटरसाइकल चोरी भएको स्वर्णकारले जानकारी दिए ।
मोटरसाईकल धनी स्वर्णकारका अनुसार हेन्डल लक गरि राखिएको मोटरसाईकल राति घरवाटै गायब भएको हो ।उनले यस बारे प्रहरी प्रशासनमा जानकारी गराइसकेको र कहि कतै भेटिएमा आफुलाई खबर गरिदिन आग्रह गरेका छन् ।
मोटरसाईकल कहि कतै देखेमा आफ्नो मोबाईल नम्बर ९८५११४२०१७ मा फोन गरि सहयोग गरिदिन आग्रह गरेका छन् ।