जनकपुरधाम । प्रहरीकै सुरक्षा व्यवस्था फितलोको कारण पछिल्लो समय धनुषामा चोरीको घटना बढिरहेको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका १ स्थित फुलबरियामा एक पसलमा चोरी भएको छ ।
गत आइतबार राति स्थानीय सहिन्द्र यादवको पसलमा चोरी भएको हो ।उनको पसलबाट नगदसहित करिब १५-१६ हजारको समान चोरी भएको बताउनुभयो ।
पसल संचालक यादवले भने , ‘पसलको साइडमा रहेको सानो गेटको ताल्चा फुटाएर चोरहरुले समान लगेको हो ।पसलमा २० हजार भन्दा बढीको समान रहेको थियो ।त्यसमध्ये करिब १५ -१६ हजारको समान चोरी गरेर लागिएको छ ।’
प्रहरीका अनुसार चोरीमा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको छ ।