बीरगन्ज । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोगमा एक्सनएड नेपाल र दिव्य युवा क्लव पर्साको सहजीकरणमा कोभिड-१९ सङ्क्रमितहरुको उपचार तथा सङ्क्रमण रोकथाम गर्नको लागि पर्सा जिल्लाको नारायणी अस्पताललाई ४ थान तथा पकाहाँ मैनपुर स्वास्थ्य चौकीलाई १ थान गरि ५ थान अक्सिजन कन्सनट्रेटर हस्तनातरण गरिएकाे छ ।
नारायणी अस्पतालका मेडिकल सुपरीटेण्डेन बिरेन्द्र राज प्रधानकाे अध्यक्षतामा तथा बीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजय सरावगीकाे प्रमुख आतिथ्यामा हस्तनातरण कर्यक्रम सम्पन्न भएको थियाे । पर्सा जिल्ला कोभिड १९ को संक्रमणको उच्च जोखिममा रहेकोले कोभिडको महामारीको समयमा अक्सिजन कन्सनट्रेटर धेरै नै सहयोग गर्नेछ भने कुरा नारायणी अस्पतालका मेडिकल सुपरीटेण्डेन बिरेन्द्र राज प्रधानले बताउनु भयो ।
भारतसंग खुल्ला सिमाना भएकोले पर्सा जिल्ला कोभिड संक्रमणको उच्च जोजिममा रहेको छ जसको कारण वीरगंज महानगरपालिकाले कोभिड संक्रमणको रोकथाम गर्न पुणर् रुपमा तयार रहेको कुरा वीरगंज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले बताउनु भएको छ ।
कार्यक्रमा नारायणी अस्पतालका कोभिड संयोजक उदयनारायण सिंह, स्ट्याण्डर्ड चार्टर्ड बैंक वीरगंज शाखाका प्रबन्धक जयप्रकाश प्रसाद, दिब्य युवा क्लब, पर्साका अध्यक्ष देवनाथ ठाकुर, कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मी, पकाहाँ मैनपुर स्वास्थ्य चौकीका प्रमुख राजिक कुमार कणर्, नारायणी अस्पतालका डाक्टरहरु तथा दिब्य युव क्लब, पर्साका कर्मचारीहरुको सहभागिता रहेको थियो ।