बिरगंज।बिरगंज महानगर पालिकामा ट्राफिक व्यवस्थापन दिनानुदिन अस्तब्यस्त हुदा , जथाभावी पार्किङ्ग गर्नाले आवतजावतमा कठिनाइ हुने , प्रवेश निषेध लेखिएको ठाउमा प्रबेश गर्नाले घन्टौं ट्राफिक जाम हुने भएको हुदा त्यसलाई रोक्न जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र सामुदायिक सेवा केन्द्र कुम्हालटोलको आयोजनामा आज आदर्शनगरस्थित लोहारपट्टि गल्लीमा पार्किङ्ग निषेध तथा ३ र ४ पाङ्ग्रे सवारी प्रवेश निषेध बोर्ड ( स्टेन्ड ) गाडने र जनचेतनामूलक पर्चा पम्पप्लेट समेत बितरण गरिएको थियो ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्कीको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा बिपद व्यवस्थापन गुल्म प्रदेश न.२ का प्रहरी निरीक्षक नितेश कुम्मार सिंह , ट्राफिक प्रहरी सहायक निरीक्षक तारा प्रकाश खत्री , ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान , सामुदायिक सेवा केन्द्र कुम्हालटोलका सल्लाहकार सुशील कुमार बर्णबाल , पुरेन्द्र प्रसाद कानु , रामबाबु रायमाझी , रामरेखा राउत ,
संतोषमान रन्जितकार , पब्लिक एफएमका कार्यक्रम संयोजक लालबाबु सिंह , पर्सा पोस्टका प्रकाशक अजित भुजेल , मुनलाईट बोडिङ्ग स्कुलका सन्चालक श्याम केसि, प्रहरी जवान कुमार बिक लगायतकाको सहभागीता रहेको थियो । त्यसै गरि आजै बिहान आदर्शनगर चौकमा पर्सा ट्राफिक प्रहरीले सवारी साधनको आकस्मिक चेकजाँच समेत गरेको थियो ।चेकजाँच गर्ने क्रममा धेरै कार्वाहीमा परेको समेत ट्राफिक प्रमुख सुमान कार्कीले जानकारी दिनु भयो ।