• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारामा कुहिएको दाल फेरि कोल्डस्टोरमै

  • वीरगंज संजाल
  • २६ भाद्र २०७८, शनिबार १७:०५
  • ३६२१

    बारा | कुहिएको दाल बिक्री गर्न लगेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनका साथबाट ८० क्विन्टल दालसमेत बरामद गरिएको छ । पचरौता नगरपालिका–४ बेल्दारी गाउँबाट कलैयाको ‘यादव कोल्ड स्टोर’ लगिँदै गरेको दाल रामनगरबाट बरामद गरिएको हो ।‘कुहिएको दाल कुन प्रयोजनले लगिँदै थियो भन्ने विषय शंकास्पद भएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ,’ प्रहरी निरीक्षक दीपक सुवेदीले भने, ‘बिक्री गर्ने उद्देश्यले यादव कोल्ड स्टोरमा भण्डारण गरिएको दाल एक वर्षअघि लगिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’दाल लोड गरिएको ना२त ७५२५ नम्बरको ट्याक्टरसहित पचरौता–५ बेल्दारी गाउँकै चालक पन्नालाल महतोलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । ‘ट्याक्टरधनी भने चालककै गाउँका इनरदेव राय यादव हो,’ उनले भने, ‘पचरौता–४ बेल्दारीकै ओमप्रकाश यादवले कुहिएको दाल कलैया लग्दै गरेको अवस्थामा बरामद गरिएको हो । विक्री नभएपछि कोल्डस्टोरबाट ल्याइएको दाल पुन: कोल्डस्टोरमै फिर्ता लगिँदै गरेको पाइएको छ । ’

    दाल कोल्डस्टोरमा फिर्ता लैजान पचरौता–४ बेल्दारीका वडाध्यक्ष कन्हैया यादवले सिफारिस गरेका छन् । ओमप्रकाशले आफ्नो घरको दाल भन्दै कोल्ड स्टोरमा राख्न वडाबाट सिफारिस मागेकाले दिएको उनले बताए ।‘जस्तो बेहोराको निवेदन आयो, त्यस्तै बेहोराको बिहीबार सिफारिस गरिदिएको थिएँ,’ उनले भने, ‘मलाई थप जानकारी भएन । अनुसन्धान हुनुपर्छ ।’ बजारमा अहिले रहरको दाल प्रति केजी १ सय ७५ रुपैयाँ पर्छ । यो दरमा बरामद दालको कुल मूल्य १४ लाख पर्न आउँछ ।
    तीन–चार वर्षदेखि घरमै भण्डार गरी राखिएको दाल लकडाउनले विक्री हुन नसकेपछि कोल्ड स्टोरमा राख्न लगिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको ओमप्रकाशले कान्तिपुरलाई बताए । ‘दाल कुहिएर गाईबस्तुलाई समेत खान नहुने अवस्थाको भएपछि कोल्डस्टोरमा राख्न लग्दै थियौँ । यो विषयमा अरू भन्न सक्दिनँ,’ उनले भने ।

    गत वर्ष लकडाउनका बेला विपन्नलाई राहत बाँड्न कलैया उपमहानगरका मेयर राजेश राय यादवले आफ्नो कोल्ड स्टोरमा एक व्यापारीले लामो समयदेखि छाडेको दाल बिक्री गरेको पाइएको थियो । वडाध्यक्ष र व्यापारीसँगको मिलेमतोमा बाँडिएको उक्त दाल गुणस्तरहीन भएको भन्दै सर्वसाधारणले गुनासो गर्न थालेपछि स्थानीय प्रशासनले अनुसन्धान थालेको थियो । दाल अखाद्य भएको खाद्य तथा गुणस्तर कार्यालय हेटौंडाले पुष्टि गर्‍यो । त्यसलगत्तै स्थानीय प्रशासन र प्रहरीले कोल्डस्टोरमा ४ सय ५० (प्रतिबोरा ५० केजी) केजी दाल सिल गर्‍यो । उक्त प्रकरणमा प्रशासनले मेयर राजेशसहित १३ जनालाई हिरासतमा लिई कालोबजारीको मुद्दा चलायो ।

    तर सिल लगाउनुअघि नै केही दाल लुकाइसकिएको थियो । त्यही लुकाइएको दाल ओमप्रकाशले कोल्डस्टोरबाट कम दरमा किनेर लगेको र विक्री नभएपछि अहिले कलैया फिर्ता पठाएको आशंका गरिएको छ ।जिल्ला प्रशासन कार्यालय मुद्दा फाँटका अनुसार दालको मुद्दा फैसला नभई अहिले पेसीमा छ । दोषी ठहर भए अभियुक्तलाई नौ महिनासम्म कैद र २ लाखसम्म जरिवाना हुन सक्छ ।उक्त मुद्दामा मेयर यादव र कोल्ड स्टोरमा दाल भण्डारण गर्ने व्यापारी तेजकरण शर्मालाई जनही २ लाख ८१ हजार, ९ जना वडाध्यक्षलाई जनही ६० हजार र अन्य दुई व्यापारीलाई जनही ७५ हजार धरौटीमा छाडिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑