• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारी बजेटबाटै मेयरको घरमा वासिङ मेसिनदेखि फ्रिजसम्म

  • वीरगंज संजाल
  • २६ भाद्र २०७८, शनिबार १६:५०
  • १७६१

    धनुषा | धनुषाको एक स्थानीय तहले मदिरादेखि खाजा खर्चमै करिब २५ लाख रुपैयाँ खर्चेको पाइएको छ । धनुषाको विदेह नगरपालिकाले आर्थिक वर्ष ०७६/०७७ मा मदिरा र खाजामा २४ लाख ९९ हजार ३५५ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।नगरपालिकाले विविध खर्च शीर्षकमा कुल ५३ लाख १३ लाख ५६९ रुपैयाँ खर्च गरेको मध्येबाट २४ लाख ९९ हजार ३ सय ५५ रुपैयाँ मदिरामै खर्चेको हो । आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६(३) अनुसार खर्चको पुष्ट्याई हुने प्रमाण, कागजात संलग्न गरेर मात्र खर्च लेख्नुपर्ने व्यवस्था छ । तर विदेह नगरपालिकाले खर्च गरेको रकमको बिल पेस गरे पनि खर्च गर्नुपर्ने आधार स्पष्ट पार्न सकेको छैन । विविध खर्चको उद्देश्य र खर्चको यथार्थता प्रमाणित नहुने गरी नगर प्रमुख बेचन दास तथा कर्मचारीले कुपन काटेको आधारमा भुक्तानी दिने परिपाटीमा नियन्त्रण गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनमा जनाइएको छ ।

    ​नगरप्रमुख दासले एक वर्षमा स्थानीय होटल फुलवारीलाई १२ लाख ८२ हजार २१५ रुपैयाँ, राम सेवक कोल्ड स्टोर्सलाई १० लाख ३५ हजार ९४५ रुपैयाँ र शम्भु मदिरा पसललाई १ लाख ८१ हजार १९५ रुपैयाँ भुक्तानी गरेको सो प्रतिवेदनमा उल्लेख छ ।सो नगरपालिकाले इन्धनमा दैनिक १४ हजार ९४ रुपैयाँको हिसाबले एक वर्षमा ५१ लाख ४४ हजार ३ सय ८९ रुपैयाँ खर्चेको छ । सरकारी सवारी साधन सरकारी काममा मात्र प्रयोग गर्ने, सरकारी सवारी साधन अनाधिकृत व्यक्तिले प्रयोग नगर्ने जस्ता व्यवस्था रहे पनि विदेह नगरपालिकाले उल्लेखित व्यवस्थाको पालना नगरी नगर प्रमुख तथा कर्मचारीबाट कुपन काटी कतिपय कुपनमा गाडी नम्बर समेत उल्लेख नगरी मापदण्ड विपरीत सो रकम खर्च गरेको पाइएको प्रतिवेदनमा जनाइएको छ ।

    स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्वन्धी ऐनमा पदाधिकारीहरूको लागि सल्लाहकार तथा सहायक कर्मचारी राखी पारिश्रमिक दिने व्यवस्था नरहे पनि विदेह नगरपालिकाले उल्लेखित व्यवस्थाको पालना नगरी कर्मचारी, नगर प्रमुख तथा उपप्रमुखको सचिवालयमा करारमा भर्ना गरी १३ लाख ९७ हजार ५८० रुपैयाँ खर्च गरेको पाइएको छ ।विदेह नगरपालिकाले प्रेस सल्लाहकारको नाममा २०७६ साउनदेखि चैतसम्ममा मासिक ३० हजार रुपैयाँका दरले तलबबापत २ लाख ७० हजार रुपैयाँ र चाडपर्व खर्चबापत ३० हजार रुपैयाँ गरी कुल ३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

    त्यस्तै, कार्यालय सहायकको नाममा वर्षभरी दैनिक ९ सयका दरले २१३ दिनको तलब बराबर २ लाख ८१ हजार ७०० रुपैयाँ, कार्यालय सहायक बबिना शर्मालाई मासिक १६ हजारका दरले १ लाख ९२ हजार रुपैयाँ, सुरक्षा गार्डको नाममा मासिक १६ हजार रुपैयाँका दरले १ लाख ९२ हजार रुपैयाँ र कानुनी सल्लाहकारको नाममा मासिक ३५ हजार ९९० रुपैयाँको दरले ४ लाख ३१ हजार ८८० रुपैयाँ भुक्तानी गरेको पाइएको छ ।स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७३(६) बमोजिम प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत बजेट खर्च गर्दा मितव्ययिता कायम गर्न आवश्यक व्यवस्था मिलाउनु पर्ने व्यवस्था छ ।

    नगरप्रमुख दासले जनकपुरधाम उपमहानगरपालिकामा २०७५ पुस १ देखि लक्ष्मीदेवी महतोसँग सम्झौता गरी घरभाडामा लिई मासिक १७ हजार रुपैयाँका दरले भुक्तानी गरेको पाइएको छ । नगरपालिकाको कार्यक्षेत्र भन्दा बाहिर गई घरभाडामा लिई साउनदेखि वैशाखसम्म १ लाख ७० हजार रुपैयाँ र पानी बिजुली बापत ३३ हजार ६९५ रुपैयाँ भुक्तानी गरेको पाइएको छ । घरभाडाको सम्झौतामा प्रयोजनसमेत नखुलाइएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।त्यसैगरी नगर प्रमुख दासले आफ्नो घरमा प्रयोग गरिरहेका लाखौं मूल्य बराबरका सामग्रीहरु समेत राज्यकोषको ढुकुटीबाट खरिद गरेको पाइएको छ ।

    नगरप्रमुख दासले वासिङ मेसिन, बक्स पलङ, लो बेड, एसी, फ्रिज लगायतका आवासीय प्रयोजनका सामग्रीहरु नगरपालिकाकै पैसाबाट खरिद गरी १५ लाख २८ हजार रुपैयाँ खर्च गरेको सो प्रतिवेदनमा उल्लेख छ ।स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा बनेको ऐन, २०७७ को दफा ३(१) मा पदाधिकारी तथा सदस्यले अनुसूची बमोजिमको रकम नबढ्ने र दोहोरो नपर्ने गरी सुविधा पाउने व्यवस्था रहे पनि उनले ती सबै नियम कानुनलाई मिच्दै आफूखुशी घरायसी प्रयोजनका सामग्रीहरु नगरपालिकाकै खर्चबाट खरिद गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता
  • श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद
  • रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु
  • मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    News

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    News

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    News

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑