भारत | भारतमा पछिल्लो २४ घन्टामा थप ३३ हजार ३७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ३२ लाख ८ हजार ३३० पुगेको छ ।
यसै गरी पछिल्लो २४ घन्टामा थप ३०८ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ४२ हजार ३१७ पुगेको छ । यही अवधिमा ३२ हजार १९८ जना संक्रमणमुक्त भएका छन् । भारतमा ३ लाख ९१ हजार ५१६ जना सक्रिय संक्रमित रहेका छन्।
भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७३ करोड ५ लाख ८९ हजार ६८८ डोज भ्याक्सिन लगाइसकिएको छ।