• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अफगानिस्तानका पूर्व राष्ट्रपति गनी भन्छन्– काबुल छाड्नु जीवनको सबैभन्दा कठिन फैसला

  • वीरगंज संजाल
  • २४ भाद्र २०७८, बिहीबार ०९:४६
  • २२६९

    युएई । अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनीले अफगानिस्तानबाट आफूले पैसा लिएर नभागेको प्रस्ट पारेका छन् । उनले काबुल छाड्ने निर्णय आफूले सुरक्षा अधिकारीहरुको सल्लाहका आधारमा लिएको पनि जनाएका छन् । काबुलमा शान्ति कायम राख्नका लागि आफूसँग अन्य कुनै विकल्प नरहेको पनि उनले प्रस्ट पारेका छन् ।ट्वीटरमार्फत आफ्नो भनाइ राख्दै उनले भनेका छन्, ‘तालिबानले काबुल कब्जामा लिएपछि १५ अगस्टमा अचानक काबुल छाडेकोमा मैले अफगान नागरिकसमक्ष सफाइ दिनु पर्दछ । मैले महलका सुरक्षा अधिकारीहरुको सुझावका आधारमा त्यहाँबाट हिँड्ने फैसला गरेको थिएँ ।’गनीका अनुसार आफू काबुलमा रहनुको अर्थ सडकमा ९० को दशकमा गृहयुद्धको जस्तै संघर्ष निम्त्याउनु हुन्थ्यो ।‘काबुल छाड्नु मेरो जीवनको सबैभन्दा कठिन फैसला थियो तर मलाई लाग्छ, बन्दुकहरुलाई शान्त राख्न र काबुलका ६० लाख नागरिकलाई बचाउने त्यही एक तरिका थियो,’ उनले भनेका छन्, ‘मैले अफगानिस्तानका नागरिकलाई एक लोकतान्त्रिक, समृद्ध र सम्प्रभु देश दिनका लागि आफ्नो जीवनको २० वर्ष खर्च गरेँ– मैले कहिल्यै पनि नागरिकलाई एक्लै छाड्नेबारे सोचेको थिइनँ ।’

    उनले काबुल छाडेको सम्पूर्ण प्रक्रियाका बारेमा चाँडै नै जानकारी दिने पनि जनाएका छन् । उनले लाखौं डलर लिएर भागेको भन्ने आरोप निराधार रहेको पनि उल्लेख गरेका छन् ।‘म र मेरी पत्नी हाम्रो खर्चका विषयमा इमानदार रह्यौं, मेरी पत्नीले आफ्नो पारिवारिक सम्पत्तिबाट जे प्राप्त भयो, त्यसको पनि जानकारी हामीले सार्वजनिक गरेका छौं,’ उनले भनेका छन्, ‘म संयुक्त राष्ट्रसंघ वा कुनै अर्को स्वतन्त्र संस्थाबाट अडिट गराउन तयार छु, मेरो निकट रहेका व्यक्ति पनि पैसासँग जोडिएका सम्पूर्ण जानकारीको अडिट गराउन तयार छन् र म सबै पूर्व राजनेता र अधिकारीहरुलाई यस्तै गर्न आग्रह गर्छु ।’उनले राष्ट्रपतिका रुपमा आफूले सन् २००४ मा जारी संविधान अनुसार नै काम गरेको दाबी पनि गरेका छन् । एक लोकतान्त्रिक गणतन्त्रले नै शान्ति र सम्प्रभु अफगानिस्तान बनाउन सक्ने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।

    उनले भनेका छन्, ‘मलाई यसको अफसोस छ कि मेरो च्याप्टर पनि मभन्दा अघिका राष्ट्रपतिहरुको जस्तै त्रासदीका साथ अन्त्य भयो, शान्ति र स्थिरता ल्याउनु बिना नै ।’१५ अगस्टमा तालिबान लडाकुले काबुलमा घेराबन्दी गरेपछि गनी अचानक देश छाडेर भागेका थिए । त्यतिबेला उनी कहाँ गए भन्नेबारे कुनै जानकारी थिएन । पछि गनी स्वयंले आफू युएई पुगेको जानकारी दिएका थिए ।युएईको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै गनीलाई मानवीय आधारमा शरण दिएको प्रस्ट पारेको थियो । लगत्तै गनीले एक भिडियो सन्देश जारी गर्दै आफूले एउटा ठुलो त्रासदीलाई टारेको बताएका थिए । उनीमाथि लाखौं डलर लिएर भागेको आरोप छ । गनीले भने उक्त आरोप खण्डन गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑