बिरगंज । पछिल्लो २४ घन्टामा एक हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४५५ नमूना परीक्षणमध्ये एक हजार ३४७ पीसीआर र २९३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यससँगै नेपालमा हालसम्म ८ लाख ५९ हजार ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ८८९ पुगेको छ ।
मन्त्रालयका अनुसार थप २ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ३३ हजार १६१ पुगेको छ । हाल मुलुकभर २९ हजार ४७९ सक्रिय संक्रमित छन् ।