बिरगंज । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारीको टोलीले पर्साको भिस्वा सीमा नाकाबाट भारी मात्रामा लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ । आज साझ भारतबाट लुकाई छिपाई झोलामा समान बोकी नेपालतर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल वि अो पी भिस्वा बंजारीको कमान्डमा खटिएका टोलीले चेकजाँच गरि हेर्दा लागूऔषध बरामद गरिएको हो ।
बरामद गरिएको लागू औषध डाईजिपाम ५०० एम्पुल, नुफिनीजेकटोन ५०० एम्पुल, प्राेमेथाजाइन हाइड्राेक्लाेराइड ५०० एमपुल लागु औषध फेला पारेको हो । लागूऔषध समेत पक्राउ परेका नाबालक बिरगंज महानगरपालिका कार्यालय वडा न.१५ निवासी १६ वर्षिय राजकुमार पटेल रहेको छ ।
लागू औषध सहित पक्राउ परेका बालक र लागूऔषधलाई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको प्रहरी निरीक्षक दिपक थापाले पर्सा पोस्टलाई बताउनुभयाे ।