वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ८० लाख मूल्य बराबरको भन्सार छलिका लत्ताकपडा बरामद गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित सडकबाट प्रहरीले ना.३ ख ५१६५ र ना.३ ख ५५२५ नम्बरको २ वटा ट्रकमा लोड गरेर चितवनर्फ लैजाँदै गरेको अवस्थामा लत्ताकपडा बरामद गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
बरामद कपडालाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रवक्ता खनालको भनाई छ । खनालका अनुसार प्रहरीलाई देखेर ट्रकका चालक फरार भएकाले निजहरुको खोजी भइरहेको छ ।