वीरगञ्ज । पर्साको ग्रामिणभेगबाट रसायनिक मल युरियाको तस्करी भैरहेको छ ।
पर्साको सदरमुकाम बिरगञ्जबाट २० किलो मिटर उतर र पशिचम कुनामा रहेको सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर ५ महुवनमा रहेको कृषि सहकारी संस्थाहरुले रसायनिक मल युरियाको कालाबजारी भैरहेको जानकारी प्राप्त भएको छ ।
प्रती बोरा युरिया मल १ हजार देखी १२ सय रुपैया सम्मको मुल्यमा मोटर साइकलमा तस्करहरु लोड गरि बारा जिल्ला लगी रहेका छन ।
प्रती दीन २० वटा मोटरसाइकलमा २ बोरा देखी ४ बोरा सम्म लोडगरी ढुवानी भैरहेको स्थानियको भनाइ रहेको छ ।
मोटरसाइकलमा लोडगरि लगी रहेको तस्कर करैयामाइ गाउँपालिकाको वडा नम्बर ८ इटहरका रन्जय पटेल सङ्ग बुझदा हाम्रो बारा जिल्लामा युरिया मलको अभाव भएको हुदा आफुलाइ जानकारी पाए अनुसार महुवनबाट प्रती बोरा रु ११ सयमा खरिद गरेको तर कोहीलाइ रु १२ सय सम्म बिक्री भै रहेको बताए । साथै सहकारीको नाम आफुलाइ थाहा न भएको बताए ।
सखुवाप्रसौनी गापाको वडा नम्बर ५ का वडाध्यक्ष रुपलाल यादवसङ्ग बुझ्दा हो युरिया मल्ल मात्र आफ्नो गाउँपालिका भित्रको किसानहरुलाइ बिक्री गर्ने गापाले निर्णय गरेको हो । तर युरिया मल्लको हाहाकार बढेको हुदा प्रलोभनमा परी बढी मुल्यमा बिक्री गर्ने आफू कहाँ जाकारी आएको छ । जाकारी भै लगतै सबै सहकारी संस्थाहरुको जिम्मेवार ब्यक्तिहरुलाइ जानकारी गराइसकेको बताए ।
सथै कालाबाजारी गरिरहेको भेटाएपछी कर्वाइ गर्नुको साथै संस्थाको अबदेखी कृषि सामग्री सन्साथानबाट ल्याउन मलको सिफारिस समेत न दिइने बताए । स्थानिय किसानहरुको अनुसार युरिया मलको हाहाकार भएको हुदा पहिला देखि नै भण्डारण गरिएको सहकारीहरु अहिले बढी मुल्यमा अन्य जिल्ला सम्म बिक्री गरिरहेको हुदा स्थानिय निकायहरु मौन रहेको स्थानिय किसान शम्भु यादवले बताए ।