• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    दुई महिनाभित्र ६० लाख डोज खोप ल्याइँदै

  • वीरगंज संजाल
  • २० भाद्र २०७८, आईतवार ०७:४८
  • २१२१

    वीरगञ्ज ।  कोभिड–१९ विरुद्धको थप ६० लाख डोज खोप आउने टुंगो लागेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले खरिद गरेको ४४ डोज भेरोसेल खोप असोज २९ (अक्टोबर १५) भित्र ल्याइनेछ । शेरबहादुर देउवा प्रधानमन्त्री बन्नासाथ चीनले सहयोगको प्रतिबद्धता जनाएको १६ लाख डोज खोप पनि सेप्टेम्बर अन्तिमसम्म भित्र्याइने भएको छ ।

    मन्त्रालयका अनुसार विभिन्न स्रोतबाट करिब १ करोड ३३ लाख डोज खोप आइसकेको छ । त्यसमध्ये करिब १७ लाख डोज मौज्दात रहेको मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छाले जानकारी दिए । मौज्दातमध्ये १५ लाखभन्दा बढी डोज सबै प्रदेशमा पठाइएको छ भने करिब डेढ लाख आकस्मिक अवस्थाका लागि केन्द्रमै राखिएको छ । त्यस्तै, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अन्तर्राष्ट्रिय अभियान कोभाक्स सुविधाबाट समेत डिसेम्बरसम्म ६० लाख डोज खोप खरिद (कस्ट सेयरिङ) गरी ल्याउने तयारी थालिएको डा बिच्छाले जानकारी दिए । ‘कोभाक्सले कुन खोप दिन्छ भन्ने अझसम्म स्पष्ट भएको छैन,’ उनले भने, ‘तर हामीले २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न मिल्ने खोपका लागि आग्रह गरेका छौं ।’

    डा. बिच्छाका अनुसार कोभाक्समार्फत भेरोसेल, अक्सफोर्ड अस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सनमध्येबाट कुनै खोप आउने सम्भावना छ । नेपालमा एक तिहाइभन्दा बढी (३४.३५ प्रतिशत) ले खोप लगाएका छन् । १६.१० प्रतिशतले पूर्ण र १८.२५ प्रतिशतले पहिलो डोज लगाएका हुन् । पछिल्लो २४ घण्टामा १ लाख ७ हजार ५ सय ९८ जनाले खोप लगाएका छन् । मन्त्रालयका अनुसार शनिबारसम्ममा एक डोज लगाउनेको संख्या १ करोड ३ लाख ७५ हजार ७ सय ६४ पुगेको छ । ‘साउन १२ गते कम्तीमा एक डोज लगाएका ४९ लाख २० हजार १० जना थिए, पछिल्लो ४० दिनमा ५४ लाख ५५ हजार ७ सय ५४ जना थपिएका छन्,’ डा. बिच्छाले भने, ‘पछिल्लो समय दिनमा सरदर डेढ लाखदेखि दुई लाख मात्रासम्म खोप लगाइरहेका छौं ।’

    स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार शुक्रबारसम्म काठमाडौंका ४० प्रतिशत नागरिकले पूर्ण खोप पाएका छन् भने ४८ प्रतिशतले पहिलो डोज लगाएका छन् । काठमाडौंका ११ पालिकामध्ये शंखरापुर र दक्षिणकाली नगरपालिकाका १८ वर्षमाथिका सबै नागरिकले पहिलो डोज खोप लगाइसकेको खड्काले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले १८ वर्षमाथिका सबैलाई चैत मसान्तसम्म पूर्ण खोप लगाउने लक्ष्य लिएको छ । असोज मसान्तसम्म ३३ प्रतिशत जनसंख्यालाई खोप लगाउने भनिएकामा अभियान लक्ष्यअनुसार नै अघि बढेको डा. बिच्छाको दाबी छ । ‘एक डोजले समेत संक्रमणसम्बन्धी जटिलता, मृत्युदर आदिलाई धेरै घटाइरहेको देखिएको छ,’ उनले भने । मन्त्रालयले अघिल्लो साता सार्वजनिक गरेको कोभिड–१९ संक्रमणको दोस्रो राष्ट्रिय सेरो प्रिभ्यालेन्स सर्वेक्षणको प्रारम्भिक नतिजामा खोपको प्रभावकारिता राम्रो देखिएको छ । एक डोज लगाएकामा ८० प्रतिशत र पूर्ण खोप लगाएका ९० प्रतिशतमा कोभिडविरुद्घको एन्टिबडी बनेको सर्वेक्षणले जनाएको छ ।

    बालबालिकाका लागि एक करोड डोज खोप ल्याइने

    स्वास्थ्य मन्त्रालयले डिसेम्बरदेखि सन् २०२२ को मार्चसम्म बालबालिका/किशोरकिशोरीका लागि करिब एक करोड डोज खोप ल्याउने तयारी थालेको छ । डब्लूएचओले १२ देखि १८ वर्ष उमेर समूहका लागि मोडर्ना र फाइजर खोपलाई मात्र आकस्मिक अनुमति दिएको छ । सरकारले यिनै दुई कम्पनीका खोप ल्याउने तयारी थालेको हो । डा. बिच्छाले डिसेम्बरसम्म ६० लाख डोज फाइजरमध्ये ५० लाख आउने बताए । बाँकी १० लाख डोज भने २०२२ को जनवरीदेखि मार्चसम्ममा आउन सक्ने सम्भावना छ । त्यस्तै, २०२२ को जनवरीदेखि मार्चसम्म मोडर्नाको ४० लाख डोज खोप पनि आउने डा. बिच्छाले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑