वीरगञ्ज । वीरगञ्जमा बिहिबार एकजना कोरोनाभाइरस (कोभिड-१९) सङ्क्रमितको मृत्यु भएको छ ।
यहाँस्थित नारायणी अस्पतालमा उपचाररत ३३ वर्षीय पुरुषको सङ्क्रमणका कारण मृत्यु भएको हो ।
नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. उदय नारायण सिंहका अनुसार भदौं १० गते अस्पताल भर्ना भएका पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ निवासी ३३ वर्षीय पुरुषको मृत्यु भएको छ ।
गम्भीर किसिमको कोभिड निमोनिया भएका पुरुषको आज बिहान पौने २ बजे उपचारको क्रममा मृत्यु भएको डा. सिंहले बताए ।
डा. सिंहका अनुसार मृत्यु भएका पुरुष काठमाडौँबाट केहि दिन अगाडी आएर विरामी भएपछि अस्पताल भर्ना भएका थिए । भर्ना भएकै दिन उनको कोभिड परिक्षण गर्दा पोजेटिभ आएको थियो ।