काबुल | अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा विस्फोट भएको छ । बीबीसीका अनुसार विहीबार साँझ विमानस्थलको बाहिरी भागमा विस्फोट भएको छ । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले विस्फोट भएको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ ।पेन्टागनका प्रवक्ता जोन किर्बीले भनेका छन्, ‘हामी यो विस्फोटको पुष्टि गर्छौ ।
काबुल विमानस्थलको बाहिरी भागमा विस्फोट भएको छ । तर हताहतीको संख्याबारे अहिले स्पष्ट भएको छैन । हामीले थप विवरण पाएपछि थप जानकारी गराउने छौं ।’