वीरगन्ज । एकजना पानीपुरी ब्यापारिले पानीपुरीमा पिसाब मिसाइएको भिडियो सामाजिक सन्जालमा सार्वजनिक भए लगातै तिब्र गतिमा भाइरल भएको छ।

उक्त घटना भारतको आसामस्थित गुवाहाटी क्षेत्रको हो। भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानीपुरीको पानीमा मिसाइरहेको देखिन्छ।उक्त भिडिओ भाइरल बनेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ। ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहानीलाई प्रहरी पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पिसाब मिसाइरहेको भिडियो अमर ज्योति नामक फेसबूकबाट सार्वजनिक गरिएको थियो।