• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओली र नेपालको दम्भ…ईतिहासले चिन्नेछ

  • वीरगंज संजाल
  • ९ भाद्र २०७८, बुधबार ०७:५३
  • २५३३

    वीरगन्ज । एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको व्यक्तिगत मनमुटावले नेपालको सबैभन्दा ठूलो दलमा विभाजनको रेखा कोरिएको छ । नेपाल अब नेकपा एकीकृत समाजवादीका नेतृत्वकर्ता बनिसकेका छन् ।नेकपा एमालेका निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको दम्भ अनि ओलीसँग गत महाधिवेसनमा पराजित माधवकुमार नेपालको पार्टी राजनीतिमा शक्तिशाली बन्ने लालच नै एमाले फुटको प्रमुख कारण बनेको छ । पछिल्लो समय ओलीको चाहना सधैँ नेता नेपाल बीनाको एमाले बनाउने थियो । नेता नेपाल भने एमालेमा ओली बराबरको हैसियत खोज्दै थिए । सर्वोच्च अदालतले नेकपा विघटनको फैसला गर्नुभन्दा अगाडि नेता नेपाल र तत्कालिन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई सत्ताबाट हटाउने योजना बुनेका थिए । तर, ती दुई नेताको रणनीति बुझेका चतुर नेता ओलीले बरु नेपाल र दाहालको सहकार्य तोड्ने अनेकौँ प्रयत्न गरे ।

    नेपाल र दाहालको दबाब सहनुभन्दा मुलुकलाई मध्यावधि निर्वाचनमा धकेल्नु ओलीले आफ्ना लागि हितकर देखे । तर सर्वोच्च अदालतले ओलीको संसद विघटन गर्ने निर्णयलाई दुई पटक अस्विकार ग¥यो । त्यही बीचमा अदालतले नेकपा नै खारेज गरेर नेकपा माओवादी केन्द्र र नेकपा एमाले ब्युताएपछि नेपाल र दाहाल फरक धारमा उभिन बाध्य भए । तर, पनि ती दुई बीच सहकार्यमा कमी आएन । नेपालले आफ्नै दलका अध्यक्षलाई सत्ताच्युत गराउन भूमिका खेले । संसदीय राजनीतिमा विरलै देखिने दुश्कार्य गरेका नेपालले त्यसलाई संविधान ट्रयाकमा ल्याउने प्रयासका रुपमा परिभाषित गरे । समय क्रमसँगै नेकपा एमालेमा नेता नेपाल नभए आजीवन अध्यक्ष हुन पाउने ओलीको सोच बलियो बन्दै गयो ।पार्टीमा शक्तिशाली बन्दै गएका ओली कै कारण आफू थप कमजोर बन्ने अनुमान नेता नेपालको रह्यो । एमालेमा भविष्य नदेखेकै कारण नेपालले ओलीसँग अलग भएर अन्य दलसँगको सहकार्यलाई महत्व दिए भने ओली जसरी भएपनि नेपाललाई एमालेमा फर्कनबाट रोक्ने अभियानमा लागे । त्यही कारण दुवैले एकले अर्कालाई दोषी देखाउन कुनै कसरत बाँकी राखेनन् । दुवैको बोली क्षुद्रताको हदसम्म गिर्न थाल्यो ।

    दोस्रो तहका नेताहरुले एमालेको एकता जोगाउन कुनै कसर बाँकी राखेनन् । माधव पक्ष र ओली पक्षका दोस्रो तहका नेताहरुले शिर्ष नेताहरुको दम्भका कारण दिशाहिन बनेको पार्टीलाई सही मार्गमा ल्याउन एकताका लागि १० बुँदे प्रस्ताव पनि बनाए । ओलीले सहजै स्विकारेको त्यो प्रस्तावलाई माधव नेपालले भने ठाडै अस्विकार गरे । जसले गर्दा नेता नेपाल एमालेको बागडोर हातमा नआए अर्को दल गठन गर्ने मनस्थितिमा पुगे । अब कम्युनिष्ट तथा बाम एकताको सम्भावना रहे पनि नेपालले ओलीसँग भने एकता हुन नसक्ने आशय व्यक्त गरेका छन् । यसअघि नै ओलीले पनि नेपालबाहेकको एकता हुने बताएका थिए ।लामो समयपछिको विवादले अन्ततः एमालेलाई विभाजनमा पुर्याएर अवतरण गरेको छ । तर टुटफुटको राजनीति चलिरहने नेपालमा पुनः अहिले छुट्टिएका नेताहरु एकसाथ नहोलान् भन्न सकिदैन । एमालेको अहिलेको विभाजन वास्तवमा दुई नेताको दम्भको जित र कार्यकर्ताको विश्वासको हारका रुपमा इतिहासले चिन्ने छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजको आईसीपी चौकमा फेरि दुर्घटना, दुईको मृत्यु
  • दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप
  • आज शुक्रबारको राशिफल
  • वीरगन्जको आईसीपी रोडमा ट्राफिकको ब्रह्मलुट: चालकहरूसँग बिना रसिद असुली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जका आसिफ अनेरास्ववियुको केन्द्रिय सदस्यमा निर्वाचित

    वीरगंजको आईसीपी चौकमा फेरि दुर्घटना, दुईको मृत्यु

    दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप

    आज शुक्रबारको राशिफल

    वीरगन्जको आईसीपी रोडमा ट्राफिकको ब्रह्मलुट: चालकहरूसँग बिना रसिद असुली

    भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान नियंत्रणमा

    कपडाको मूल्य घटाउने विषयमा विवाद हुँदा ग्राहकले गरे पसल सञ्चालकमाथि कुटपिट

    जसपा नेपालका मधेस प्रदेश सांसद कुशवाहा पक्राउ

    वीरगञ्जमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    वीरगंजको आईसीपी चौकमा फेरि दुर्घटना, दुईको मृत्यु

    दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप

    आज शुक्रबारको राशिफल

    वीरगन्जको आईसीपी रोडमा ट्राफिकको ब्रह्मलुट: चालकहरूसँग बिना रसिद असुली

    भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजको आईसीपी चौकमा फेरि दुर्घटना, दुईको मृत्यु

    News

    दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप

    News

    आज शुक्रबारको राशिफल

    News

    वीरगन्जको आईसीपी रोडमा ट्राफिकको ब्रह्मलुट: चालकहरूसँग बिना रसिद असुली

    News

    भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑