• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चिकित्सा शिक्षा आयोगको नतिजा सच्याउन माग गर्दै ६० कलेज बन्द गरी साँचो बुझाईयो

  • वीरगंज संजाल
  • ९ भाद्र २०७८, बुधबार ०४:१२
  • २८४९

    वीरगन्ज । चिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फको नतिजामा सुनियोजित ढंगले कोटाभन्दा कम बिद्यार्थी उत्तीर्ण गराएको र बिद्यार्थी नपाएको भन्दै स्वास्थ्य बिज्ञान शिक्षालय संघ (एशिया) पुर्वाञ्चल बिश्वबिद्यालय सहित ३ संघसंगठनले आयोगलाई आफु मातहतका कलेजको साँचो बुझाएका छन् ।एसियाका अध्यक्ष यामप्रसाद अधिकारी ,कलेज संघ त्रिभुवन बिश्वबिद्यालयका अध्यक्ष जीवन प्रकाश शर्मा र ओपन (पोखरा बिश्व बिद्यालय)का अध्यक्ष नवराज पाण्डे नेतृत्वको टोलीले आयोगका उपसचिब तथा सुचना अधिकारी सेमन्तराज कोईरालालाई ६० वटा कलेज बन्द गरी उक्त कलेजका साँचो बुझाएका हुन् ।

    आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरी अनुपस्थित भएपछि साँचो उपसचिब कोईरालालाई बुझाईएको एशियाका अध्यक्ष अधिकारीले बताउनुभयो । साँचो बुझ्दै आयोगका उपसचिब कोईरालाले आफू साँचो ग्रहण गर्ने माध्यम मात्र भएको बताउँदै उहाँहरुका माग आयोग नेतृत्व समक्ष पुराउने बताउनुभयो ।आयोगका उपाध्यक्षलाई सम्बोधन गर्दै साँचो बुझिदिन लेखिएको ध्यानाकर्षणपत्रमा शैक्षिक सत्र २०७७÷२०७८ मा आयोगले लिएको प्यारामेडिक्सको प्रबेश परीक्षामा बिभिन्न बिश्वबिद्यालयहरुले अपनाउने प्रबेश परीक्षाको विधि अनुसार न्युनतम ३५ प्रतिशत उतीर्ण ल्याएका बिद्यार्थीहरुलाई योग्यताक्रम मेरिट बेसिसका आधारमा बिद्यार्थी भर्ना गर्ने ब्यबस्था मिलाउन माग गरिएको छ ।

    यसैगरी कोभिड १९ को महामारी र एउटै ऐनबाट स्थापित तथा एउटै बिश्वबिद्यालयबाट सम्बन्धन प्राप्त सरकारी र निजी कलेजहरुमा सिट निर्धारण गर्दा सरकारी कलेजमा सिट यथावत राखी निजीको सिट शुन्य गरिएकोमा अबिलम्ब सिट निर्धारण गरिदिन अनुरोध गरेको छ ।आयोगले लिएको प्रवेश परीक्षामा चिकित्सा शिक्षा संकाय अन्तरगतका उतीर्ण बिद्यार्थी सोही संकाय अन्तरगतका अन्य बिषयमा भर्ना हुने गरी कार्यविधिमा सच्याउन समेत माग गरिएको छ । एशियाका अध्यक्ष अधिकारीले स्वास्थ्य शिक्षातर्फका कलेजहरु चिकित्सा शिक्षा ऐन आएपछि बन्द हुने अबस्थामा पुगेको भन्दै निजीस्तरबाट संचालित कलेजमा बिद्यार्थी नदिई सुनियोजित ढंगबाट बन्द गर्ने षडयन्त्र गरिएको बताउनुभयो ।

    उहाँले शुल्क निर्धारण आयोगले गर्ने ,अनुगमन गर्ने ,सिट निर्धारण गर्ने तथा प्रवेश परीक्षा आयोगले लिने तर आयोगले निर्धारण गरेको सिट संस्या पुग्ने गरी प्रवेश परीक्षामा बिद्यार्थी उतीर्ण नगराई सबै निजी कलेजमा बिद्यार्थी नदिई सुनियोजित ढंगबाट कलेज बन्द गर्ने षडयन्त्र गरिएको बताउनुभयो ।संघसंगठनले चिकित्सा शिक्षा ऐन र नियमावलीमा कहिं पनि प्रवेश परीक्षामा उतीर्ण प्रतिशत उल्लेख नभएको अबस्थामा प्रबेश परीक्षा समितिका नाममा स्वबिवेकीय सोचबाट, प्रवेश परीक्षा दिने बिद्यार्थीहरुले भने अनुसार कठिन प्रश्नपत्र बनाई ५० प्रतिशत ल्याउन बाध्यकारी कार्यविधि बनाई लगभग सबै बिद्यार्थी अनुतिर्ण गराउने काम आयोगबाट भएको ठहर गरेका छन् ।

    अधिकारीले आयोगमा कोटाभन्दा कम बिद्यार्थी उत्तीर्ण गराएकाले आयोगले नतिजालाई पुनः विचार गर्नुपर्ने बताउनुभयो । उहाँले कोटाअनुसार विद्यार्र्थी नहुँदा आफूहरूलाई कलेज सञ्चालन गर्न समेत समस्या परेको बताउनुभयो ।यसअघि त्रिवि, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले आ–आफ्ना कलेजलाई मेडिकल शिक्षाका लागि प्रवेश परीक्षा दिने गरेका थिए ।प्रवेश परीक्षाका कम नम्बर ल्याएकै आधारमा मात्र माथिल्लो कक्षा पढ्न नपाउने कुरा व्यवहारिक नहुने उनीहरुको ठहर छ ।आयोगले लिएको परीक्षामा कोटाभन्दा दुई हजार १८५ जना कम परीक्षार्र्थी उत्तीर्ण भएका थिए । ती विषयमा चार हजार ६८ कोटा भए पनि एक हजार ८८३ मात्र परीक्षार्थी उत्तीर्ण भएका थिए ।बिपीएचमा एक हजार ४२० कोटामा ५६५, बिएस्सी नर्सिङ एक हजार १०० मा ५०४, बी फार्मेसीमा ९०२ कोटामा ५४७ जना मात्रै उत्तीर्ण भएका थिए । यस्तै फिजियोथेरापी बिपिटीमा १५० जनाको कोटामा ११४, बीएस्सी एमआइटी रेडियोग्राफीमा ७१ जना कोटामा ३५, बिएस्सी एमएलटी ४२५ कोटामा ११८ जना मात्रै उत्तीर्ण भएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संसद् आजैदेखि खुल्छ : महामन्त्री थापा
  • साउदी अरेबियाले भन्यो– इरानमा इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’
  • थाइल्यान्डबाट नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान आपतकालीन अवतरण
  • वीरगञ्जमा मोटरसाइकल दुर्घटना: दुई युवाको मृत्यु, एक गम्भीर घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संसद् आजैदेखि खुल्छ : महामन्त्री थापा

    साउदी अरेबियाले भन्यो– इरानमा इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’

    थाइल्यान्डबाट नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान आपतकालीन अवतरण

    वीरगन्जका आसिफ अनेरास्ववियुको केन्द्रिय सदस्यमा निर्वाचित

    वीरगञ्जमा मोटरसाइकल दुर्घटना: दुई युवाको मृत्यु, एक गम्भीर घाइते

    दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप

    आज शुक्रबारको राशिफल

    वीरगन्जको आईसीपी रोडमा ट्राफिकको ब्रह्मलुट: चालकहरूसँग बिना रसिद असुली

    भविष्य मेला’ मा सहभागी विद्यार्थीको प्रोग्रेसिभ फाइनान्सले नि:शुल्क बैंक खाता खोल्ने

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान नियंत्रणमा

    संसद् आजैदेखि खुल्छ : महामन्त्री थापा

    थाइल्यान्डबाट नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान आपतकालीन अवतरण

    वीरगञ्जमा मोटरसाइकल दुर्घटना: दुई युवाको मृत्यु, एक गम्भीर घाइते

    दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप

    आज शुक्रबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संसद् आजैदेखि खुल्छ : महामन्त्री थापा

    News

    साउदी अरेबियाले भन्यो– इरानमा इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’

    News

    थाइल्यान्डबाट नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान आपतकालीन अवतरण

    News

    वीरगञ्जमा मोटरसाइकल दुर्घटना: दुई युवाको मृत्यु, एक गम्भीर घाइते

    News

    दाइजोको लागि हत्या आरोप: विवाहिता महिलाको शंकास्पद मृत्यु, आमाले ससुराली पक्षमाथि गम्भीर आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑