• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जेठ २ मा फर्कँदा एमाले बैठकमा पूर्वमाओवादी कसरी घुसे ?

  • वीरगंज संजाल
  • ९ भाद्र २०७८, बुधबार ०२:१९
  • २९८५

    वीरगन्ज ।मंगलबार दिउँसो ललितपुरस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकको माहोल अरु दिनभन्दा केही फरक थियो । फरक यसकारण कि गत फागुन २३ यता पटक–पटक बैठक बस्दा एकै ठाउँमा नदेखिएका एमाले नेताहरु मंगलबारको बैठकमा भने एकै ठाउँ बस्न पुगेका थिए ।तर, एमाले बुझ्नेहरूले उक्त बैठकमा माधव नेपाल र झलनाथ खनालको अभाव खट्किएको सजिलै अनुमान लगाउन सक्थे । यतिमात्रै होइन, मंगलबारको बैठकमा पूर्वमाओवादीबाट एमालेमा आएका नेताहरु समेत सहभागी थिए । जबकि फागुन २३ को सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र २०७५ जेठ २ को संरचनामा पुगिसकेका थिए ।

    फागुन २३ को फैसला अनुसार पूर्ववत् अवस्थामा फर्किएको एमालेको पहिलो बैठकमै पूर्वमाओवादी नेतासमेत सहभागी भएपछि प्रश्न उठेको छ, जेठ २ अगाडि फर्केको बैठकमा उनीहरु कसरी घुसे ? यो प्रश्नको जवाफमा एमाले मौन छ ।​एमालेले पारित गरेको प्रस्तावमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै तहका कमिटी र जनसंगठनहरुलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिँदै जेठ २ को सदस्यतालाई आधार मानेर पार्टी सदस्यता नवीकरण गर्ने, एकीकरणका क्रममा जेठ ३ पछि प्रदान गरिएका सदस्यता सम्बन्धित जिल्ला कमिटीले नवीकरण गर्ने भनी उल्लेख छ ।

    ‘२०७५ साल जेठ २ गतेको सदस्यतालाई आधार मानेर पार्टी सदस्यता नवीकरण गर्ने तथा एकीकरणका क्रममा आवद्ध भएका र २०७५ साल जेठ ३ गते पछि सदस्यता प्रदान गरिएका पार्टी सदस्यहरुको समेत सम्बन्धित जिल्ला कमिटीले नवीकरण गर्ने । नवीकरण गर्दा ७७ साल चैत्रदेखि ७८ साल चैतसम्मको १३ महिनाको सदस्यता लिने’, एमालेले पारित गरेको प्रस्तावमा भनिएको छ ।त्यसो त मंगलबारकै बैठकपछि नेकपा एमाले २०७५ जेठ २ कै संरचनाको अवस्थाबाट क्रियाशील हुने दावी गरिएको छ । तर, पूर्व माओवादी नेताहरु कसरी बैठकमा बसे भन्ने कहीँ कतै खुलाइएको छैन ।स्थायी समिति बैठकले विभिन्न आठ बुँदामा विभिन्न १२ वटा निर्णय गर्दै पार्टीका सम्पूर्ण कमिटीहरु जेठ २ को अवस्थाबाट क्रियाशील हुन निर्देशन पनि दिएको छ । तर यसबारे एमालेले न कुनै ठोस निर्णय नै गरेको छ, न त प्रष्ट धारणा नै सार्वजनिक गरेको छ ।

    तेस्रो धार एमालेमै विलीन

    यसअघि एमाले विभाजन हुँदा अध्यक्ष ओली र वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालको पार्टीतिर नलागी केही दिन तटस्थ बसेका दोस्रो पुस्ताका १० जना नेताहरु पनि मंगलबारबाट एमालेमै विलीन हुन पुगेका छन्, जो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रतिनिधि सभा विघटन गरेदेखि नै माधव समूहमा संलग्न भएर संघर्ष गर्दै आएका थिए । ओलीको स्वेच्छाचारी र प्रतिगामी कदमको विरोधमा चर्को स्वर गर्ने तिनै नेताहरु पुनः माधव नेपालको पार्टीमा नलागी ओलीसँगै मिसिन पुगेका हुन् ।

    ​त्यतिमात्रै होइन, जेठ २ मा फर्किएको भनिएको नेकपा एमालेको पहिलो बैठकमै माओवादीवादीबाट एमाले प्रवेश गरेका नेताहरु सहभागी बनेका छन् । जेठ २ को एमाले पार्टी कमिटी क्रियाशील गर्न नै उनीहरुको उपस्थिति हुनुले र १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न गठित कार्यदलमा समेत रहनुले जेठ २ मा फर्कने अध्यक्ष ओलीको प्रतिवद्धता कति दिन टिक्ने हो भन्ने प्रश्न पनि उठेको छ ।

    सामूहिक तस्विरले दिएको सन्देश

    च्यासलमा बसेको मंगलबारको बैठकपछि एमाले नेताहरुले सामूहिक तस्बिर खिचेका छन् । उक्त सामुहिक तस्बिर खिचेर एमालेले एकताको सन्देश दिन खोजेको प्रष्टै बुझ्न सकिन्छ । तर, नियालेर हेर्दा उक्त तस्बिरमा रहेका केही नेताहरुको अनुहारमा उज्यालोपन देखिएको छैन । खासगरी विगतमा ओलीविरुद्धको संघर्षमा लागेका नेताहरुको अनुहार मलिन देख्न सकिन्छ । तस्बिर खिच्ने बेलामा अध्यक्ष ओलीसँगै बसेका उपाध्यक्ष भीम रावल जबरजस्त मुस्कुराउने प्रयास गरेजस्ता देखिन्छन् भने त्यसै लहरमा उभिएका सचिव गोकर्ण विष्ट र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अनुहारमा खुसीको कुनै लक्षण देखिदैन ।त्यस्तै अर्का उपाध्यक्ष युवराज ज्ञवाली पनि केही मुस्कुराउने  भावमा देखिएका छन् भने पछिल्लो लहरमा उभिएका योगेश भट्टराईको मुहारमा पनि खासै चमक देख्न सकिँदैन । नेता रघु पन्त बिरामी जस्तो अनुहारमा देखिन्छन् ।बरु उनीहरु भन्दा हँसिलो अनुहारमा देखिएका छन् पूर्वमाओवादीबाट आएका नेताहरु टोपबहादुर रायमाझी, रामबहादुर थापा बादल र लेखराज भट्टहरु ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑