• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा मास्क नलगाउनेलाई कारवाही गरिने

  • वीरगंज संजाल
  • ७ भाद्र २०७८, सोमबार २०:०६
  • ४३५७

    वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले मास्क नलगाउने सर्वसाधारणलाई कारवाही गरिने चेतावनी दिएका छन् ।सोमबार जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयद्वारा वीरगन्जमा आयोजित जनचेतनामुलक र्यालीलाई सम्बोधन गर्दै प्रजिअ घिमिरेले अब उप्रान्त कोरोना सम्बन्धित मापदण्ड उल्लंघन गरि मास्क नलगाउने जो कोहीलाई पनि कारवाही स्वरुप २ सय रुपैयाँ जरिवाना गरिने चेतावनी दिए ।विगत ४ महिनादेखि नेपाल प्रहरीले संचालन गरेको ‘तपाईको मास्क खोई’ अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको थियो ।

    कार्यक्रमा वीरगंजमा कोरोना भाइरस संक्रमण न्यून मात्रै भएकोले सामाजिक दुरी लगायत स्वास्थ्य मापदण्डका नियमहरु पालना नगरे पुनः संक्रमण फैलिन सक्ने सम्भावना रहेकोले स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागु गराउनुपर्ने प्रजिअ घिमिरेले बताए । केही दिनयता वीरगंजबाट कोरोना भाइरस अन्त्य नै भइसकेको भन्ने यहाँका नागरिकहरुलाई लागि रहेकोले मास्क नलगाउनुका साथै निर्धक्कका साथ भीडभाडमा जानु तथा स्वास्थ्य मापदण्डलाई पालना गर्नमा ढिलाई गरेको पनि उनको भनाइ छ ।

    उनका अनुसार प्रहरी प्रशासन लगायत विभिन्न संघ संस्थाहरुले पटक पटक जनचेतना फैलाउँदै आएपनि सर्वसाधारणहरुले त्यसलाई वेवास्ता गरिएको छ । तर, अब उप्रान्त स्वास्थ्य मापदण्ड उल्लंघन गर्नेलाई कारवाही गरिने उनले बताए ।मुलुकका विभिन्न जिल्लाहरुमा तेश्रो भेरियन्टको कोरोना संक्रमण फैलि रहेको अवस्थामा वीरगँजमा हदसम्म न्यूनीकरण भएकोमा उनले खुसी पनि व्यक्त गरे । उनले भने, ‘हामी वीरगन्जबासीको लागि सुखद पक्ष रहेको भन्दै वीरगंजलाई गत वर्ष जस्तै कोरोना संक्रमणको केन्द्र विन्दु पुनः बन्न नदिन स्वास्थ्य मापदण्डलाई पालना गर्नुपर्दछ ।’

    स्वास्थ्य नै सबैभन्दा ठूलो धन रहेकोले आफ्नो स्वास्थ्यलाई आफैले ध्यान दिनुपर्नेमा प्रहरी प्रशासन लगायत विभिन्न संघ संस्थाहरुले पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरिएको कारण यसलाई कडाईका साथ लागु गराउन कारवाही आवश्यक रहेको उनले बताए ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, सशस्त्र प्रहरी बल पर्साका गणपति प्रहरी उपरीक्षक राजेन्द्र खडका, श्री चण्डी प्रसाद गण पर्साका निमित्त गणपति नैना बस्नेत, वडा प्रहरी कार्यालय श्रीपुर वीर्ताका प्रमुख लगायत विभिन्न संघ संस्थाका पदाधिकारी, सञ्चारकर्मी, विभिन्न सामुदायिक संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा सहभागी प्रमुख अतिथि तथा विशिष्ठ अतिथिहरुले ट्राफिक प्रहरीहरूलाई ‘तपाईको मास्क’ खोइ अँकित फित्ता लगाईदिनुका साथै कोभिडबाट जोगिन मास्क लगाउनुको औचित्य र अनिबार्यता सम्बन्धमा आआफ्नो मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम पश्चात घण्टाघरदेखि माइस्थान सम्म मास्क नलगाएकाहरुलाई मास्क वितरण समेत गरिएको थियो ।समाचार  न्युज २४ बाट सभार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु
  • ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग
  • काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता
  • अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

    इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृत्यु

    पश्चिम एसियाबाट अमेरिकाले फिर्ता बोलायो आफ्ना सैनिक

    रामेछापमा सालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ

    भारतीय सीमाबाट अवैध कुखुराको चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय गम्भीर संकटमा

    राम चरणको फिल्म सेटमा दूघर्टना, कयौँ घाइते

    सत्तापक्ष समक्ष माओवादीले प्रस्ताव गरेको दुई बुँदामा के छ ?

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

    इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    News

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    News

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    News

    अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

    News

    इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑