• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ठाकुर नेतृत्वको लोसपा सरकारमा जान इच्छुक

  • वीरगंज संजाल
  • ५ भाद्र २०७८, शनिबार ०८:३५
  • २००५

    वीरगञ्ज । निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने भएका छन्। आयोगले नयाँ दललाई मान्यता दिए आफूहरू सरकारमा जान सकारात्मक रहेको नेताहरूले बताएका छन्। वरिष्ठ नेता शरत्सिंह भण्डारीले माग र मुद्दाका आधारमा वर्तमान सरकारसँग सहकार्य गर्न सकिने बताए। ‘माग र मुद्दाको आधारमा सरकारसँग हाम्रो सहकार्य र सहयोग रहन्छ’, भण्डारीले भने, ‘यो सरकारलाई हामीले भोट (विश्वासको मत) पनि दिएका छौं। त्यसैले सरकारप्रति हाम्रो विश्वास छ।’

    ठाकुर पक्षले यसअघि प्रस्ताव गरेको नयाँ पार्टीको नाम शुक्रबार परिवर्तन गरेको छ। नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राखिएको छ। यसअघि ठाकुर पक्षले पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) राखेको थियो। आफ्नो पार्टीको नामबाट नयाँ पार्टी दर्ता नगर्न आग्रह गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बिहीबार निर्वाचन आयोग पुगेका थिए। पार्टी अध्यक्ष ठाकुरले पार्टीको नाममात्र परिवर्तन गरेका छैनन्, पार्टीको कार्यकारिणी समिति २४ सदस्यबाट बढाएर ३१ सदस्यीय बनाएका छन्।

    ठाकुरले भण्डारीलाई पनि वरिष्ठ नेताको स्थान दिएका छन्। यसअघि राजेन्द्र महतोलाई मात्र वरिष्ठ नेताको स्थान दिइएको थियो भने भण्डारीलाई कार्यकारिणी समिति सदस्यमा राखिएको थियो। भण्डारीले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएकोमा सरकारलाई धन्यवाद पनि दिए। ‘अध्यादेश ल्याएर सरकारले निकास दिएको छ। त्यसैले सरकारप्रति हामी सकारात्मक छौं’, भण्डारीले भने। आफूहरूले उठाएका माग पूरा गर्ने आश्वासन दिएको उनले बताए।

    लोसपा कार्यकारिणी समितिका सदस्य केशव झाले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा आफूहरूले उठाएका माग सम्बोधन गरिएको बताउँदै पार्टी सरकारमा जाने प्रष्ट पारे।‘निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादीलाई दलको मान्यता दिएपछि हामी सरकारमा जान्छौं’, झाले भने, ‘हामीले उठाएका माग र मुद्दा सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा सम्बोधन गरिएको छ।’शुक्रबार आयोगमा पुगेर पार्टीको नाम फेरेलगत्तै नेताहरू अनौपचारिक छलफलमा बसेका थिए। स्रोतका अनुसार पुरानो राष्ट्रिय जनता पार्टीमा आबद्ध भएका पार्टीका नेता तथा कार्यकर्तालाई नयाँ पार्टीमा एकीकृत गर्ने रणनीति ठाकुर पक्षले बनाएको छ। ‘बाटो बिराएर गएका हाम्रा साथीहरूलाई लोसपामा भिœयाउन पहल गर्छौं’, झाले भने।

    पुरानो राजपा अध्यक्षमण्डलका २ जना सदस्य महेन्द्र यादव र राजकिशोर यादव उपेन्द्र यादवको पार्टीमा छन्। संसदीय दलमा पुरानो राजपाका १६ र पुरानो समाजवादीका १६ जना छन्। संसदीय दलमा ठाकुरनिकट कम्तीमा ५ जना सांसद पनि यादव पक्षमा पुगेका छन्। ती सांसदलाई फर्काउन ठाकुर पक्षका नेताहरूले पहल गर्ने भएका छन्।लोसपाका नेताहरूमध्ये अधिकांश पुरानो राजपाका हुन्। पुरानो समाजवादी पार्टीका उमाशंकर अगरगरैया, विमल श्रीवास्तवलगायतका केही नेता ठाकुरतिर गएका छन्। नेता महतोसँग लामो समयसम्म काम गरेका मनिष सुमन तथा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह यादव पक्षमा पुगेका छन्। ठाकुरसँग निकट भएका कारण गत जेठमा प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीबाट हटाइएका सुरेश मण्डल पनि जसपा केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन्।

    यो समाचार आजको नागरिक दैनिकमा छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑