वीरगञ्ज । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुल बिमानस्थलमा मानवीय क्षतिको जोखिम कायमै रहेको बताएका छन् ।राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै बाइडेनले अहिलेसम्म अफगानिस्तानबाट १३ हजार जनाको उद्धार गरिए पनि धेरै अमेरिकीहरु उद्धारकै पर्खाइमा रहेको उल्लेख गरे ।
‘अहिलेसम्मकै ठूलो र अति कठिन हवाई उद्धार अभियान’ भनेका बाइडेनले सबै अमेरिकीहरुलाई फिर्ता ल्याउने वाचामा अवरोध भए थप जोखिम हुने चेतावनी दिए ।‘घर फर्किन चाहने कुनै पनि अमेरिकीलाई फिर्ता ल्याइने छ,’ बाइडनेले भने ।
उनले आफ्ना सहयोगी देशको उद्धार प्रयासमा पनि अमेरिकी सैनिकले सहयोग गर्ने बाइडेनले बताए ।अमेरिकी सैनिकलाई सहयोग गरेका ५० देखि ६५ हजार अफगानीहरुको पनि उद्धार गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।