वीरगञ्ज । विश्वमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८ करोड ९२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५ लाख ३ हजार ८६२ जना कोरोना संक्रमण मुक्त भए सँगै विश्वमा संक्रमणमुक्त हुनेको संख्या १८ करोड ९२ लाख ४८ हजार ९५१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६ लाख ७५ हजार ८५४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर सङ्क्रमितको संख्या २१ करोड १४ लाख ८६ हजार ७४५ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार ९६० जनाको मृत्यु भएको छ । योसँगै विश्वभर सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४४ लाख २६ हजार ४९२ पुगेको छ ।
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७८ लाख ११ हजार ३०७ छ । यसमध्ये १ लाख ९ हजार ८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।