• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपा विभाजनः प्रदेश २ मा १६ सांसदमा सीमित महन्थ ठाकुर पक्ष

  • वीरगंज संजाल
  • ४ भाद्र २०७८, शुक्रबार १६:५८
  • २६०९

    जनकपुरधाम | जनता सामाजवादी पार्टी विभाजित भएपछि महन्थ ठाकुर पक्ष प्रदेश २ मा कमजोर भएको छ। महन्थ ठाकुरले निर्वाचन आयोगमा पार्टी दर्ताको लागि निवेदन दिइसकेपछि प्रदेश सांसद उनको पक्ष र विपक्षमा खुलेका छन्।उपेन्द्र यादव पक्षभन्दा कमजोर देखिएको महन्थ पक्षका ९ जना सांसद उनको साथ छाडिसकेका छन्।तत्कालीन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित २५ जनामध्ये ९ जना प्रदेश सांसद उपेन्द्र यादव पक्षमा गएका छन् भने तत्कालीन सामाजवादी पार्टीबाट निर्वाचित कुनै पनि सांसद महन्थ पक्षमा आएका छैनन्।

    जसपा विभाजनपछि उपेन्द्र यादवसँग ३९ जना प्रदेश सांसद छन् भने महन्थ ठाकुरसँग १६ जना प्रदेशसभा सदस्य मात्र छन्। महन्थ ठाकुर पक्षका प्रदेश सांसद परमेश्वर साह उपेन्द्र यादव पक्षभन्दा महन्थ ठाकुर पक्ष कमजोर देखिएको बताए। उनले तत्कालीन राजपाबाट निर्वाचित ९ जना सांसद उपेन्द्र यादव पक्षमा खुलेको बताए।उनले तत्कालीन ६ वटा दल मिलेर बनेको पार्टी राजपाको जिल्ला तथा प्रदेशस्तरीय कमिटी नबनेकै अवस्थामा राजपा र सपा मिलेर जसपा बनेको तर अहिले आएर जसपा पनि विभाजित भएपछि को कुन पक्षमा लागेको अझै पूर्ण रुपले नखुलेको बताए।

    उनले भने, ‘निर्वाचन आयोगले दल विभाजन भइसकेपछि सांसद र जनप्रतिनिधिका लागि २१ दिनको समयसीमा तोकेको छ। यसपछि को कता लागेका छन् राम्रोसँग खुल्छ।’आफूहरूको पक्षबाट ९ जना प्रदेश सांसद उपेन्द्र यादव पक्षमा गइसकेपछि आफूहरू कमजोर भएपछि नयाँ पार्टी संगठन निर्माणमा केही समय लागे पनि आधार क्षेत्र बलियो रूपमा निर्माण गर्ने उनले बताए।तत्कालीन राजपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित मनीष सुमन आफूले कुनै पार्टी परिवर्तन नगरेको बताए। उनले आफू विगतमा जसपामै रहेको र अहिले पनि जसपाममै रहेको बताए।महन्थ ठाकुर केपी शर्मा ओली नेतृत्वको सरकारमा जान पार्टी फोड्नसमेत उद्यत देखिएको आरोप लगाउँदै उनले प्रतिगामी ओली सरकारमा समय व्यतित गरेर पार्टीको नामसमेत बदनाम गर्न पछि नपरेकाहरूले गुट र समूहमा रमाउने भएकाले गुट स्थापना गर्न लागेको भन्दै महन्थ ठाकुरको आलोचना गरे।

    महन्थ ठाकुरलाई तत्कालीन राजपाबाट निर्वाचित भएर मन्त्री बनेका नवलकिशोर साह, रामनरेश राय यादव, पूर्वराज्यमन्त्री सुरेश मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले साथ छाडिसकेका छन्।यता, जसपाबाट फुटेका महन्थ ठाकुर पक्ष दल दर्ता भएपछि प्रदेश सरकारबाट समर्थन फिर्ता लिने जनाएका छन्। सुरुमा ५५ वटा सांसद रहेको जसपाको नेतृत्वमा प्रदेशमा सरकार थियो भने पार्टी विभाजन भएपछि हाल जसपा, कांग्रेस र नेकपा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार रहेको छ।

    महन्थ ठाकुरलाई छाडेका सांसद
    १. नवलकिशोर साह
    २. रामनरेश राय यादव
    ३. मनीष समुन
    ४. सुरेशकुमार मण्डल
    ५. रानी शर्मा तिवारी
    ६. डा रिना यादव
    ७. डा. अञ्जुकुमारी यादव
    ८. विदेश्वरप्रसाद यादव (विक्की यादव)
    ९. नेत्रविक्रम साह
    महन्थ ठाकुर पक्षमा रहेका सांसद
    १. परमेश्वर साह सुडी
    २. जयनुल राइन
    ३. सुरिता कुमारी साह
    ४. अभिराम शर्मा
    ५. उपेन्द्र महतो
    ६. गौरीनारायण साह तेली
    ७. बाबुलाल साह कानु
    ८. सरोज कुमार यादव
    ९. जितेन्द्रप्रसाद सुनार
    १०. रमेशप्रसाद कुर्मी
    ११.अल्का कुमारी झा
    १२. डा डिम्पलकुमारी झा
    १३. जानकीशरण साह
    १४. निराकुमारी साह
    १५. निलमदेवी भूमिहारीन
    १६. बबिता कुमारी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑